काठमाडौं – नेपाल वायु सेवा निगमको गण्डकी नाम दिइएको बोइङ दोहोमा ग्राउन्डेड भएको छ । बुधबार दोहाबाट यात्रु बाकेर काठमाडौं आउने क्रममा प्राविधिक समस्या देखिएपछि उक्त विमान दोहामा ग्राउन्डेड हुन पुगेको निगम जनाएको छ ।
एक अधिकारीका अनुसार, दोहाबाट उडेको ३० मिनेटपछि विमान उतै फर्किएको थियो । ‘इक्यभमेन्ट ओभरहिट भएपछि जहाज पुन: उतै फर्किएको थियो,’ स्रोत भन्छ, ‘यस्तो समस्यामा ९० मिनेटभित्र जहाजलाई अवतरण गराइसक्नु पर्छ । कुनै उपकरणमा देखापरेको तापक्रमको समस्याले आकस्मिक अवतरण गर्दा उक्त विमानको अर्को समस्या पनि देखिएको छ ।’
स्रोतका अनुसार, अवतरणका बेला इन्धनको अत्याधिक भारका कारण ल्याडिङ्ग गियर (पाङग्रा) मा रहेको ट्रकटिल्ट एक्च्युयटर पनि ड्यामेज भएको छ । ‘आकाशमा एउटा समस्या देखिएर जहाज फर्किएको थियो भरे अवतरणकाबेला त्यो समस्या हरायो अर्कै समस्या देखियो,’ स्रोतले भन्यो । यो विमान बनाउन निगमले बोइङका इन्जिनियरहरुसँग कुराकानी गरिसकेको छ । तर ८/१० दिन लाग्न सक्ने इन्जिनियरहरुले निगम व्यवस्थापनलाई जानकारी गराएका छन् ।
मंगलबार काठमाडौंबाट दोहा उडेको उक्त विमान क्याप्टेन सुधीर शमशेर राई ल्याउँदै थिए । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार सातामा चार दिन दोहा उडान भर्दै आएको निगमको एउटा मात्रै बोइङ दोहामा ग्राउन्डेड हुँदा यस विमानले गर्दै आएका अन्य सेक्टर मलेसियाको क्वालालमपुर र भारतको नयाँ दिल्लीका कमर्शियल उडान पनि प्रभावित हुने भएका छन् । हाल निगमसँग एउटा मात्रै बोइङ उडानमा रहेको छ । योसँगैको अर्को २८ वर्ष पुरानो बोइङ ( कर्णाली नाम दिइएको ) काठमाडौंमा ग्राउन्डेड छ । यस्लाई निगमले नियमित उडानबाट निकालेर लिलाम गर्ने निणर्य गरिसकेको छ । एयरबसबाट खरिद गरेका दुईटा विमानले दिल्ली, मुम्बई, बैंगलोर, दुवई, बैंकक उडान भर्दै आएका छन् । इकान्तिपुरबाट साभार
टिप्पणी : सुस्त शैलीमै देउवा असार २१, २०७४- शेरबहादुर देउवाले चौथोपल्ट प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको बिहीबार एक महिना पुग्दैछ । तर उनले आफ्नै निजी सचिवालयसमेत बनाउन सके…Read More