नेपालसँग कुनैबेला समान आयस्तर भएको दक्षिण कोरिया अहिले एसिया र विश्वकै ठूलो अर्थतन्त्र हुने राष्ट्र भएको छ । नेपालीको प्रतिव्यक्ति आयभन्दा कोरियाली जनताको आय कैयौं गुणा बढी छ । उसको आर्थिक प्रगतिलाई ‘हान नदीको देन’ भनेर संसारमा प्रशंसा गरिन्छ ।
अभाव, गृहयुद्ध र भोकमरीमा परेका बेला नेपालले ४० हजार क्विन्टल गहुँ अनुदान दिएको कोरियाले साढे पाँच दशकमै यति धेरै आर्थिक विकासको फड्को पार गर्नुको ‘कारण’ -मोडेल) हरु नेपालका लागि उदाहरणीय बिषय बन्न सक्छन् ।
धेरै लेखक, विश्लेषकहरुले सैनिक कमाण्डर पार्क जङ हीको ‘स्ट्राङ लिडरसीप’ र उनको ‘विकासवादी रणनीति’ लाई सफल आर्थिक क्रान्तिको सूत्र मानेका छन् । लेखकहरुको यो विश्लेषणलाई धेरैले सत्य नजिक मानेका छन् ।
पार्कको अनेक विकासवादी रणनीतिमध्ये ‘सेमाउल उन्दोङ’ पनि एक हो । गाउँको विकास भए मात्र देशको विकास हुन्छ भन्ने मान्यता राख्ने अभियान हो यो । यसको मुख्य लक्ष गरीब जनतालाई धनी बनाउनु थियो । नेपाली परिवेशमा पनि यो अभियान सान्दर्भिक हुने भएकाले यसको चर्चा गर्ने प्रयास गरिएको छ ।
के हो सेमाउल उन्दोङ ?
कोरियन भाषामा ‘से’ ‘नयाँ’, ‘माउल’ ‘गाउँ’ र ‘उन्दोङ’ भन्नाले ‘अभियान’ भन्ने बुझिन्छ । अथवा ‘सेमाउल उन्दोङ भन्नाले नयां सामुदायिक अभियान भन्ने बुझिन्छ । यो अभियानको प्रर्वतक समाज सुधारक किम योङ की हुन् । उनले सन् १९३२ देखि यो अभियान संचालन गर्दै आएका थिए ।
किमले ‘काम नगर्ने भए खाना नै नखाउ’ भन्ने नारामा साथ यो अभियान सञ्चालन गरेका थिए । सेमाउल उन्दोङ सुख एवम् सम्वृद्धिका लागि सञ्चालन गरिएको एक अभियान हो । यो गरिबी निवारण गर्ने एक अभियान हो । सबैले राम्रो शिक्षा, खाना लाउन र सुरक्षित तथा सुविधाजनक घरमा बस्न पाउन भन्ने उद्देश्य राखिएको थियो ।
किमको यो अभियानले ‘ग्रामीण जनतालाई आत्मनिर्भर बनाउने र देशको बिकासमा टेवा पुर्याउँछ’ भन्ने बुझेका दूरदर्शी सैनिक शासक पार्कजङ हीले सबै जनतालाई यो अभियानमा सामेल हुन अह्वान गरे । उनले सन् १९७० अप्रिल २२ मा यो अभियानलाई सरकारी रणनीतिको रुपमा मान्यता दिए ।
राष्ट्रलाई सम्बोधन गर्दै पार्कले भने ‘नयांँ सामुदायिक अभियानले सहयोग र आत्मनिर्भरताको भावनाका साथ हाम्रो गाउँको सुधार र आधुनिकीकरण हामी आफैं गर्ने हाम्रा प्रयासहरुलाई आत्मसात गर्छ । यसले कोरियाको प्रत्येक गाउँलाई समृद्ध र बस्नका निम्ति आरामदायी बनाउँछ भन्ने पूर्ण विश्वासका साथ यो राष्ट्रिय अभियान लागु गरिएको छ ।’
सरकारी मान्यता दिँदै यो अभियानमा जनतालाई सामेल हुन आह्वान गरेका पार्कले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । उनले त्यसै बर्ष उन्नत गाउँ निर्माणको निम्ति ‘दश परियोजना’को कार्यसम्पादन निर्देशिका जारी गरेर ३३ हजार २ सय ६७ गाउमा लागु गर्दै सामुदायिक विकासका लागि जिन्सी सहायता दिन शुरु गरे ।
सरकारले हरेक गाउँमा ३ सय ५५ बोरा सिमेन्ट र ५ सय केजी रड बाँड्न शुरु गर्यो । अर्कातिर सरकारी कर्मचारी, विचारक, सामुदायिक अभियानका र निजी क्षेत्रका अगुवालाई तालिमको व्यवस्था गर्यो । कर्मचारीलाई भ्रष्टाचारी भावनाबाट टाढा रहन ‘सुनलाई ढुंगा जस्तै देख’ लेखिएको ‘हरियो टाई’ वितरण गरिएको थियो ।
यो अभियानले नागरिकलाई समाजप्रति समर्पित हुने अगुवा नेतृत्व तयार पार्यो । यसैको शिक्षाले सदस्यहरुलाई स्वतःस्फूर्त जग्गादान, श्रमदान, सामग्री दान गर्ने उत्प्रेरणा प्रदान गर्यो ।
नयाँ सामुदायिक अभियान लागु भएका गाउँले जनताको आय विस्तारै बढ्न थाल्यो । यो क्रम ४ वर्ष पुग्दा ग्रामीण जनताको आय बढेर शहरी परिवारको आयभन्दा बढी हुन पुग्यो ।
सन् १९७४ मा कृषकको आय ६७४.५४ वन् पुग्यो भने शहरी क्षेत्रमा बसोबास गर्नेको ६४४.५२ वन् मात्र रह्यो । शहरी भन्दा ग्रामीण जनाताको आय बढ्नुको कारण के थियो भने सेमाउल उन्दोङ लागु भएको हरेक गाउँ वा इकाईमा कृषिमा आधारित एक सेमाउल उद्योग अनिवार्य खोल्नुपर्ने शर्त थियो । यस्ता उद्योगले गाउँको आय बढाउने काम गर्यो भने रोजगारीको अवसरहरु सिर्जना गर्यो ।
यो सफलता र तथ्यांकबाट हौसिएका चतुर पार्कले सन् १९७४ देखि नै शहरमा पनि लागु गर्ने घोषणा गरे । उनको घोषणसँगै औद्योगिक क्षेत्रहरुको विकास तीब्ा्र रुपमा हुन गयो । शहर केन्दि्रत उद्योगहरुको विकास हुँदा पनि सरकारले उद्योगको सेमी प्रोडक्ट सम्बन्धी कम्पनीहरु बढी गाउँमै स्थापना गर्ने नीति लियो । यो नीतिले गाउँ र सहरलाई जोड्ने र गाउँको विकास र रोजगारीमा टेवा पुर्याउने काम गर्यो । सन् १९७० मा ८३ करोड डलर निर्यात गरेको कोरियाले यो अभियानको सफलताकै कारण सन् १९८० सम्म पुग्दा कोरिया एक औद्योगिक राष्ट्रका रुपमा दर्ज हुन पुग्यो । र, १९८० मा १७ अर्ब डलरको उत्पादन निर्यात गर्यो ।
यो अभियान शतप्रतिशत सफल हुनको एउटा कारण थियो, यसमा गाउँलाई ४०/५० घरको सानो भन्दा सानो इकाइमा विभाजन गरियो र प्रत्येक निणर्ायक कार्यक्रममा सबै घरका प्रतिनिधिले राय व्यक्त गर्ने सुविधा दिइयो । यो इकाइले जे चाहन्छ, त्यसैमा परियोजना सञ्चालन गर्ने गरियो । यस्तो इकाईले समुदायमा भावनात्मक एकताको बिकास गर्यो भने अर्कोतिर निर्णय गरिएका योजनाहरुमा असन्तुष्टि असहमति भन्ने प्रश्न नै उठ्न पाएन ।
यो अभियान सफल हुँदै गएपछि गाउँ ईकाईहरुले तर्जुमा गरेका परियोजनामा सरकारले ५० प्रतिशत ऋण, ३० प्रतिशत अनुदान र २० प्रतिशत समुदायको लगानी हुने व्यवस्था गर्यो । यो मोडेललाई केही वर्षमै राष्ट्रव्यापी गरियो ।
त्यस्तै अर्को महत्वपूर्ण कुरा, सरकारले समय सापेक्ष कृषिमा आधिनीकिकरण गर्यो । यसका लागि कृषि विज्ञलाई देशभर परिचालन गरेर कृषि तालिम प्रदान गरियो । यो तालिमले माटोको उर्बर क्षमता वृद्धि भयो ।
कृषिमा व्यापक आधुनिकीकरण गरिएकै कारण अहिले कोरिया २.३ प्रतिशत कृषककै उत्पादनले खाद्यान्नमा आत्मनिर्भर बनेको छ । यो अभियान कुनै समय भोक, रोग र बेरोजगारीले तड्पिएका कोरियाली किसानका लागि सफलताको मन्त्र बन्यो ।
तीन मन्त्र
१.परिश्रम: यो अभियानले परिश्रममा जोड दिन्छ । यसको मूल नारा नै ‘काम गर अनि मात्र खाना खाउ’ भन्ने रहेको छ । यो अभियानमा लागेकाहरु ‘कामले सत्यता प्रकट गर्छ र परिश्रमले मात्र धनी बनाउँछ’ भन्ने मान्यतामा बिश्वास गर्छन् । उत्साहजनक परिश्रम र जनसहभागितले यो समुदायमा ठगी खाने प्रवृत्तिको पूर्ण अन्त्य भएको छ । यो अभियानबाट दीक्षित भएरै पनि कोरियाली जनता बढी इमान्दार र परिश्रमी भएका हुन् ।
२.स्वयंसेवाः यो अभियानमा आफ्नो काम आफैं गरेर स्वावलम्बी बन अनि छिमेकीलाई सहयोग गर भन्ने सुत्र रहेको छ । यो प्रवृत्तिले समाज र राष्ट्रमा एकताको भावना बलियो बनाउने काम गर्यो ।स्वंयमसेवाले स्वावलम्बी बनाउने काम गर्यो । परोपकारी हिसावले स्वयंसेवा गर्नेका लागि यो अभियानले स्वयंसेवाको परिभाषा नै परिवर्तन गरिदियो ।
स्वयमसेवाले स्वावलम्बी बनेकै कारण कुनै समय ‘सित्तै पाउँदा विष पनि पिउने’ कोरियाली जनताले सन् १९७४ देखि बिदेशी सहायता नलिने घोषणा गरे । यसै बर्षदेखि उसल्ो गरिब मुलुकलाई सहायता दिन शुरु गरेको छ ।
३.सहकार्यः एक्लै व्यवसाय गर्दा सफलता हासिल गर्न निक्कै गाह्रो हुन्छ । सहकार्यले ठूलो पुँजी लगानी गरेर ठूलै उत्पादन गर्न सकिन्छ ।
यो मान्यताले साना र एकल लगानीलाई पूर्णरुपले निरुत्साहित गर्यो र कर्पोरेट अवधारणाको विकास गर्यो । यसैको परिणामस्वरुप कोरियामा पोस्को जस्ता विश्वको प्रमुख स्टिल कारखाना, हुन्डाई मोटर कारखाना, साासुंङ इलेक्ट्रोनिक्स लगायतका ठूला र प्रसिद्ध कर्पोरेट कम्पनीहरु स्थापना भएका छन् ।
फागुनमा रेल आउँदैजयनगर, २० असार- नयाँदिल्ली, कोलकाता र भारतका अन्य प्रमुख सहरलाई रेलमार्गले जोड्ने बिहारको जयनगर स्टेसनछेउमै धमाधम नयाँ संरचना निर्माण भइरहेका छन् । भा…Read More
रुखले बचायो यात्रुको ज्यानकाठमाण्डौबाट सिन्धुली तर्फ आईरहेको वीपी यातायातको ना १ ज ४६६१ नम्बरको बोलेरो जीप वीपी राजमार्ग स्थित कमलामाई नगरपालिका (कनपा)–२ पिपलभञ्ज्याङ्गमा दुर्घ…Read More
नेपाली बजारमा सुनको भाउ फेरि ह्वातै घट्योअसार २० ,काठमाडौं। यो हप्ता सुनको मूल्य ओरालो लागेको छ । आज पनि सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा झरेको छ ।…Read More