रुखले बचायो यात्रुको ज्यान

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाण्डौबाट सिन्धुली तर्फ आईरहेको वीपी यातायातको ना १ ज ४६६१ नम्बरको बोलेरो जीप वीपी राजमार्ग स्थित कमलामाई नगरपालिका (कनपा)–२ पिपलभञ्ज्याङ्गमा दुर्घटना हुँदा ६ जना यात्रु घाईते भएका छन । गाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा परी घाईते हुनेहरुमा सिन्धुली कनपा–६ की वर्ष २५ की बिमला गुरुङ्ग, कनपा–६ कै वर्ष १९ को प्रमोद गुरुङ्ग कनपा–६ बस्ने वर्ष ४० की चण्डीका गुरुङ्ग, मरिण गाउँपालिका भदौरेका वर्ष ३४ का टिका विक, महोत्तरी छोटापिपराहि–६ का वर्ष २२ का निराजन पण्डित र धार्दिङ्ग जिल्ला लेख नगरपालिका–६ स्थायी ठेगाना भएका वर्ष २१ का शिब घले रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइते मध्ये बिमला गुरुङ्ग र टिका विकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एस्पी उमासंकर पंजियारले बताउनु भयो ।
घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको र गम्भीर घाईतेहरुलाई थप उपचारका लागि काठमाण्डौ पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । बोलेरो सडकबाट ७० मिटर तल खसेको र सालको रुखमा अल्झिएका कारण ठुलो मानवीय क्षतिहुनबाट जोगीएको प्रहरीले जनाएको छ ।

तीव्र गतीमा रहेको बोलेरोको व्रेक फेल हुँदा दुर्घट्ना भएको चालक रामेछाप नगरपालिका– ८ का सुजन माझीले बताउनु भएको छ । बोलेरोका चालक माझीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

Related Posts: