जयनगर, २० असार- नयाँदिल्ली, कोलकाता र भारतका अन्य प्रमुख सहरलाई रेलमार्गले जोड्ने बिहारको जयनगर स्टेसनछेउमै धमाधम नयाँ संरचना निर्माण भइरहेका छन् । भारतीय भूमिमा भारत सरकारकै लगानीमा निर्माण भइरहेको रेलवे स्टेसन, कार्यालय, भन्सार, गार्डघरजस्ता संरचनाको स्वामित्व भने नेपालको हो । भारतीय निर्माण कम्पनी र नेपालको रेलवे विभागका वरिष्ठ अधिकारीहरूले दिएको जानकारीअनुसार यही स्टेसनबाट आगामी फागुन (सन् २०१८ को मार्च) मा दुई देशलाई रेलमार्गले पुन: जोड्ने योजना छ, कान्तिपुरमा खबर छ ।
भारत सरकारबाट बर्दिवास–जनकपुर–जयनगर रेलवे निर्माणको ठेक्का पाएको ‘इरकोन’ ले जयनगरको नेपाल रेलवे स्टेसनमै शनिबारबाट कार्यालयसमेत सञ्चालन गरेको छ । नेपालले यो भूमि तत्कालीन दरभंगा महाराज (भारत स्वतन्त्र हुनुपूर्वका राजा) सँग सन् १९४० मा भाडामा लिएको हो । दरभंगा महाराज तथा नेपाल सरकारबीचको भूमि सम्झौतामा रेलसेवा सञ्चालनमा रहेसम्म उक्त भूमि नेपालले प्रयोग गर्न पाउने उल्लेख छ । रेलवे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायसहितका नेपाली अधिकारी फागुनदेखि महोत्तरीको बिजुलपुरा (बर्दिवास नजिकै) देखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्मको ५२ किलोमिटर रेल सञ्चालन सम्भव हुन्छ भन्नेमा विश्वस्त छन् । जनकपुर–जयनगर रेलवेको ‘सिंगल गेज’ को पुरानो संरचना विस्थापित गरी ‘ब्रोडगेज’ का लागि बनिरहेको संरचना (बाटो) माथि ओछ्याउने पटरी पनि यत्रतत्र देख्न सकिन्छ । त्यही पटरीमाथि जडान गरिने लिकमा कुदाउने रेलको इन्जिन र डब्बाको जोरजाम भने नेपाल आफैंले गर्नुपर्नेछ । परियोजनाको स्थलगत अनुगमनमा जयनगरसम्मै पुगेको संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारी नेतृत्वको टोलीले रेलवे निर्माणको प्रगतिलाई सन्तोषजनक ठहर्याएको छ । तर नेपाल सरकारले गर्नुपर्ने रेलको जोरजाम (इन्जिन, डब्बा अनुदानमा खोज्ने/किन्ने काम) को काम भने थालिएकै छैन । ‘लिक बनिसक्दा पनि डब्बा भएन भनेर रेलवे सेवा सञ्चालनमा ढिलाइ हुने अवस्था आउन दिँदैनौं,’ अधिकारीले भने, ‘बर्दिवासतर्फको काममा परेका समस्या समाधानका लागि तत्कालै पहल आवश्यक छ ।’
सुस्त शैलीमै देउवा असार २१, २०७४- शेरबहादुर देउवाले चौथोपल्ट प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको बिहीबार एक महिना पुग्दैछ । तर उनले आफ्नै निजी सचिवालयसमेत बनाउन सके…Read More