छाेराले उपमेयरमा जितेकाे सुन्न नपाउदै अामाकाे मृत्यु : अविर जात्रा गर्नेबेलामा आमाको दाहसंस्कार ताप्लेजुङ । निर्वाचनकाे मत परिणाम अाएर छाेराले उपमेयर जितेकाे खुशी साट्न नपाउदै ताप्लेजुङमा अप्रिय घटना भएकाे छ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङको उपमेयरमा माअाेवादी केन्द्रबाट निर्वाचित भएका बम बहादुर भट्टराई जित संगै अामाकाे दाहसंस्कारमा लागेका छन । एकातिर अबिर माला लगाएर छाेराकाे जितमा खुसी साटने सपना बाेकेकी अामा छाेराले जितेकाे खबर सुनेकाे केही क्षणमै मृत्यु भएपछि ताप्लेजुङकाे फुङलिङ नगरपालिका शाेकमा डुबेकाे छ । माअाेवादी केन्द्रबाट उपमेयरमा जित हासिल गरेका बमबहादुरकाे ५५ बर्षीया अामा नरमाया भट्टरार्इकाे अाइतबार मृत्यु भएकाे हाे । उनकाे अर्का छाेरा याेगेस भट्टरार्इ पनि साेही नगरपालिकाकाे ११ नै वडाबाट वडा सदस्यमा बिजयी भएका थिए । छाेराहरू बिजयी भएकाे खबर संगै गाउमा खुसियाली छाएकाे थियाे तर भट्टरार्इकाे परिवारमा कालाे बादल छायाे । दुवै दाजुभाइ नगरपालिकामा बिजयी हासिफ गरेपनि खुसी साट्न पाएनन ।
चुनावी सभाका लागी महामन्त्री हेलिकप्टरमाकांग्रेस महामन्त्री शशांक कोइरालाले नवलपरासीको आफ्नो निर्वाचन क्षेत्रमा हेलिकप्टरको प्रयोग गरेर चुनावीसभा गर्दै हिँडेका छन् ।नवलपरासीको दुर्गम पहाडी ग…Read More