-->
जेष्ठ १०, २०७४- कालिकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा एमालेका धीरबहादुर विष्ट निर्वाचित भएका छन् ।
मंगलबार राति सकिएको मतगणनामा कांग्रेसका मीनबहादुर बोगटीलाई २३२ मत अन्तरले हराउँदै विष्ट विजयी भएका हुन् । विष्टले २४६० र बोगटीले २२२८ मत पाए ।
उपाध्यक्षमा माओवादी केन्द्रका मनशोभा बुढा पाँच मतले निर्वाचित भइन् । उनले २२४९ मत पाइन् भने कांग्रेसकी सुशीला शाहीले २२४३ मत पाइन् ।
वडाहरुमा भने मिश्रित परिणाम आएको छ । १,३,८ र ९ मा एमाले, ५,६ र ७ मा कांग्रेस तथा २ र ४ मा माओवादी केन्द्र विजयी भएको छ ।
कालिकोटका ९ गाउँपालिकामध्ये माओवादी केन्द्र ५, एमाले ३ र कांग्रेस १ गाउँपालिकामा विजयी भएको छ ।
नरहरिनाथसँगै एमालेले देशभर १२० स्थानीय तहमा प्रमुख जितेको छ ।
