काठमाडौं, जेठ ४– तरकारीवाली नामले परिचित गोरखा गण्डकी गाउँपालिकास्थित भूम्लीचोककी कुसुम श्रेष्ठ फेरि चर्चामा आएकी छिन् ।
केहि पहिले तरकारी बोकेर बजार जाँदै गरेको फोटो सामाजिक सञ्जालमार्फत भाइरल भएसँगै एकाएक चर्चामा आएकी उनी पछिल्लो समय भने गुमनाम थिइन् । तर, स्थानीय चुनावमा माओवादी केन्द्रको प्रचारमा उनी जुटेको भेटिएकी छन् । उनको पारिवारिक पृष्ठभूमि माओवादी भएको र चुनाव अवधिमा उनी माओवादीको रातो टिर्सट र हसिया हथौडाको झण्डा बोकेर खटिएको स्थानीय देवराज गुरुङले जानकारी दिए । सो गाउँपालिकामा कांग्रेस विजयी भएपनि कुसुमको बडामा भने माओवादी उम्मेदवार जीवन गुरुङ बडा अध्यक्षमा विजयी भएका छन् ।
अर्काको नाममा ट्रायल दिने पक्राउ वैशाख २, २०७४- अर्काका नाममा सवारी चालक अनुमतिपत्रका लागि ट्रायल दिने व्यक्ति पक्राउ परेका छन् । मीनभवनस्थित यातायात व्यवस्था विभागको प्रांगणमा दुईपां…Read More