वैशाख २, २०७४- अर्काका नाममा सवारी चालक अनुमतिपत्रका लागि ट्रायल दिने व्यक्ति पक्राउ परेका छन् ।
मीनभवनस्थित यातायात व्यवस्था विभागको प्रांगणमा दुईपांग्रे सवारीका लागि ट्रायल दिन आएका दिलीप गिरी पक्राउ परेका हुन् । सीतापाइला रामकोटका १९ वर्षीय गिरी राजेन्द्र वनको नाममा ट्रायल दिन आएका थिए ।