बर्दिया, ३ वैशाख । भारतीय जंगलबाट आउने वन्यजन्तुले सताउन थालेपछि स्थानीय आजित थिए । वन्यजन्तु आतंकबाट बच्न उनीहरुले दशगजा वरै आफ्नै भूभागमा विद्युतीय तारबार लगाउन खोजे ।
आजको कान्तिपुरमा खबर छ– पटक–पटक भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले काममा भाँजो हालिरहे । अवरोध छिचोल्दै २२ किलोमिटर तारबार गरेपछि अहिलेभने स्थानीय खुसी छन् ।
तारबारका लागि लामो समयसम्म विभिन्न निकायमा सहयोगका लागि आग्रह गरेका थिए । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ६० लाख प्राप्त भएपछि तारबार गरेका हुन् ।
एसएसबीले काममा अवरोध गरेपछि स्थानीयले सशस्त्र प्रहरीलाई गुहारेका थिए । त्यसपछि एसएसबी पछि हट्यो । निर्माण क्रममा दबाब आएपनि स्थानीयले त्यसलाई प्रतिकार गर्दै तारबारको काम जारी राखे ।
एक महिनाअघि सशस्त्र प्रहरी र एसएसबीका बीचमा संयुक्त नापी टोली नआएसम्म तारबारलाई स्थायी सीमांकन नमान्ने मौखिक सहमति भएपछि तनाव कम भयो । स्थानीयको सक्रियतामा एक महिनामै २२ किमि विद्युतीय तारबार गरिउको हो । गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाको दक्षिणी क्षेत्रमा तारबार गरिएको हो ।सीमास्तम्भ नम्बर ८७ देखि ९८ सम्मको क्षेत्रमा विद्युतीय तारबार गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
यसरी बढाउनुहोस् पाचन क्षमताहामीले जे जति खानेकुरा खान्छौ, त्यसबाट शरीरले उर्जा प्राप्त गर्छ । यसरी खानालाई उर्जामा बदल्ने जुन प्रक्रिया हुन्छ, त्यसलाई मोटाबोलिज्म भनिन्छ । व्यक्…Read More
सुत्केरीको हेलिकोप्टरबाट उद्धार सुत्केरी व्यथाले थलिएकी उत्तरी गोरखाको धार्चे गाउँपालिका केरौंजा गाउँकी २९ वर्षीया सरिता गुरुङको शुक्रबार हेलिकोप्टरबाट उद्धार गरी राजधानी लगिएको छ।ग…Read More
उद्घाटनअघि नै भत्कियो पुल ।श्रावण १३, २०७४- इलाम चुलाचुली–२ स्थित चाँजु खोलाको बीचमा बनाइएको झोलुंगे पुल उद्घाटन नहुँदै भत्किएको छ । वैशाख अन्तिम साता निर्माण सम्पन्न भएको पुल द…Read More