पोवटी घटनाका ११ घाइते काठमाडौं लगियो

भिडियो सहित हेर्नुहोस !
Advertisement


वैशाख ३१, २०७४- दोलखाको पोवटीस्थित मतदान केन्द्रमा भएको झडपमा प्रहरीको गोली लागि घाइते भएका ११ जनालाई साँझ काठमाडौं पठाइएको छ । सेनाको एमआई १७ हेलिकप्टरमार्फन उनीहरुलाई काठमाडौं लगिएको हो ।

घाइते ११ जनामा अधिकांशको घुँडामुनी गोली लागेको छ । उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको चरिकोट अस्पतालका चिकित्सक विनोद दंगालले बताए ।

गोली लागि घाइते मोहनबहादुर बुढाथोकी, प्रकाश खत्री, निर्मल कोइराला, प्रविण बस्नेत, उद्धब बुढाथोकी,

रामशरण ठकुरी, रोशन भुजेल, गुणराज बस्नेत, घलेन्द्र बुढाथोकी, भुवन थापा, नारायण बस्नेतलाई काठमाडौं लगिएको हो ।



यसअघि गोली लागि घाइते लालकुमारी खड्का खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनलाई आज बिहानै सेनाको हेलिकप्टरमा राजधानी ल्याइएको थियो । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारपछि उनी खतरामुक्त रहेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए ।

प्रवक्ता खनालका अनुसार बारम्बार झडपको घटना भएको दोलखामा सुरक्षाव्यवस्था चुस्त पार्न थप सुरक्षाकर्मी काठमाडौंबाट पठाइएको छ । शसस्त्र र नेपाल प्रहरीको थप मद्धत टोली जिल्ला पुगिसकेको उनले बताए ।

Related Posts: