तनहुँमा माइक्रोबस दुर्घटना, घाइते १३ मध्ये ४ गम्भीर

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आइरहेको माइक्रोबस मंगलबार बिहान तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौंतर्फ आइरहेको ग१ख ४९५२ नम्बरको यात्रुवाहक माइक्रोबस मंगलबार बिहान ६ः३० बजे तनहुँको म्याग्दे गाउँपालिका–२ माथिल्लो गोडारीमा दुर्घटना भएको हाे ।

माइक्रो सडकबाट केही मिटर तल खसेको छ ।

दुर्घटनामा घाइते १३ मध्ये ४ को अवस्था गम्भीर छ । घाइतेको रत्नहरि अस्पताल, दमौली, पोखराको मणिपाल अस्पताललगायतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

घाइतेको परिचय खुल्न बाँकी छ ।

प्रहरी नायव निरीक्षक मनोज पाण्डले झण्डै २० यात्रु बाेकेकाे माइक्रोबस अनियन्त्रित भई पल्टेको जानकारी दिए ।

प्रहरीले दुर्घटनापछि माइक्रोका चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


Related Posts: