बाबुरामले भने– ‘आकास खसोस, धर्ती भासियोस माओवादीमा फकिन्न !’

भिडियो सहित हेर्नुहोस !
Advertisement


नयाँ शक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री डा बाबुराम भट्राइले नयाँ र बैकल्पिक राजनीतिक धार बाहेक बाहिर गएर बाँकी जीवन बर्बाध नगर्ने बताएका छन् । उनले आफू पुनः माओवादीमा नफर्किने समेत स्पष्ट गरेका छन् ।

‘आकास खसोस, धर्ती भासियोस बैकल्पिक राजनीतिक धार बाहेकमा जीवन बर्बाध गर्ने छैन’ मंगलवार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा भट्टराइले भने, ‘अत्यन्त शीघ्र विजय हुने लालसा पालना गर्ने र सफल नभए निराश हुने गर्नु हुँदैन ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी छाडेर गएकाहरु मूलधारमा नफर्के सिद्धिने चेतावनी दिदै आएका छन् । प्रचण्डको नामै नलिइ बाबुरामले आकाश खसेपनि माओवादी नफर्किने संकेत गरेका हुन् ।

भट्टराईले अबको संसदीय चुनावपछि जनताले आफूहरुलाई पत्याउने दावी गरे । ‘यही निर्वाचनमा मुख्य शक्ति बनेर देशको नेतृत्व गछौं भन्न्े बस्तुगत परिस्थिती बनेको छैन, यसपछिको निर्वाचनमा जनताले हामीलाई खोज्छ’ उनले भने ।

Related Posts: