वैदेशिक रोगारका लागी गएका श्रीमान् श्रीमतीको कोठामा झुन्डिएको अवस्थामा मृत्यु, विदेशमा किन हुन्छ आत्महत्या, पढौं र सेयर गरौं कतै आफ्नै त परेनन् ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका ३६ वर्षीय परशुराम सापकोटा र उनकी श्रीमती कल्पनाको मृत्युपछि परिवार शोकमा डुबेको छ ।

अकस्मात् छोरा बुहारीको निधनले परशुरामकी आमा मिसकुमारी सापकोटा अचेत हुनुहुन्छ भने उनका अन्य परिवार शोकमा परेका छन् ।

परशुराम दुई वर्षअघि तथा कल्पना तीन वर्षअघि दुबई काम गर्न गएका थिए । कल्पना जुस उत्पादन कम्पनीमा काम गर्दै आएकी थिइन् । उनीहरु आफ्नै कोठामा शनिबार मृत फेला परेको खबर आएको बुबा मोती सापकोटाले बताउनुभयो ।

परशुराम झुण्डिएको अवस्थामा फेला परेका थिए भने कल्पना घाँटीमा गम्भीर चोट भएको अवस्थामा मृत फेला परेका थिए । उनीहरुका १० र १४ वर्षका दुई छोरा रहका छन् ।

Related Posts: