-भाद्र १३, २०७४- पूर्व मिस नेपाल एवं मिडिया पर्सनालिटी माल्भिका सुब्बा दोश्रो पटक बेलायत आएकी छन् । तर, यसपटक अलिक भिन्न जिम्मेवारी लिएर । ७ वर्षअघि निजी भ्रमणमा आउँदा जति रमाइलो थियो, यसपालि दायित्व बढी छ । आगामी १० सेप्टेम्बरमा हुन लागेको मिस यूके नेपालका प्रतिष्पर्धीहरुलाई प्रशिक्षण दिन उनी लन्डन उत्रिएकी हुन् । अल्डरसटमा हुने अन्तिम प्रतिष्पर्धाका लागि ८ सुन्दरी मैदानमा छन् । मिस नेपाल यूएस, मिस्टर एण्ड मिस नेपाल अष्ट्रेलिया र मिस हङ्गकङ्ग नेपालपछि चौंथो देशका रुपमा बेलायत आएकी माल्भिका यसपटक बढि उत्साहित छन् । ‘आफूले सिकेको कुरा प्रतिष्पर्धीलाई सिकाउने नै मुख्य उद्देश्य छ,' माल्भिकाले भनिन्, ‘वौद्धिक स्तर बढाउने, व्यक्तित्व विकास र उहांहरुले समाजमा कसरी दायित्व पुरा गर्न सक्नुहुन्छ भन्नेतर्फ ध्यान दिन्छु ।’ करिब डेढ लाख नेपाली बसोवास गर्ने बेलायतको नेपाली डायस्पोरा ‘भाइब्रेन्ट’ छ । त्यसकारण विजेतालाई गहन दायित्व हुने माल्भिकाको बुझाइ छ । प्रतियोगितामा राम्री देखिनु नदेखिनु भन्दा पनि यस्ता प्रतियोगिताले समाजसेवामा जान प्रेरित गर्ने माल्भिका बताउँछिन् । ब्युटी पेजेन्टले विदेशको नयाँ पुस्ता समुदायसँग टाढिइरहेका बेला समुदायसंग नजिक बनाउने र नेपाललाई पनि केही गर्ने अवसर प्रदान गर्ने सुब्बाको बुझाइ छ । १२ सेप्टेम्बर नेपाल फर्कनुअघि समयले साथ दिए लन्डनतिर घुम्ने योजनामा छन् उनी ।
प्लास्टिकको चामल बेच्ने पक्राउप्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एकब्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सानो भर्याङबाट शेरचन प्रदर्श प्रालिका टंकप्रसाद शेरचन…Read More
रोडिजको पर्दा पछाडिको कहानी !Adhikary with his crewThey say Nepali tv industry has already entered into a declining phase. Creative juices are not flowing, not just in the context…Read More
मनसुनमा कसरी रहने स्वस्थ ? असार २९, २०७३ मनसुनको मौसम सुन्दर हुन्छ तर यसले आफ्नो साथमा धेरै रोग पनि बोकेर ल्याउँछ । तसर्थ मनसुनको समयमा स्वस्थ रहन निम्न कुरामा विचार पुर्याउनु…Read More
रहेनन् फिफा काण्डका मुख्य सूचक २९, २०७४- भ्रष्टाचारको आरोप स्वीकार गरेका फिफाका पूर्व कार्यकारिणी सदस्य चक ब्लेजरको निधन भएको छ । बुधबार उनका वकिलहरूले निधनको जानकारी दिए पनि अन्य व…Read More