उम्मेदवार छान्न राजपाद्वारा उच्चस्तरीय समितिहरू गठन (सूचीसहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement

११ भदौ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले २ नम्बर प्रदेशका आठै जिल्लामा स्थानीय तहका उम्मेदवार चयन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रत्येक जिल्लामा अलग-अलग समितिले उम्मेदवार चय

नको जिम्मा पाएका छन् ।

समितिले सम्बन्धित जिल्लाका पर्यवेक्षकसँग सम्भावित उम्मेदवारहरुको नामावली संकलन गर्ने कार्यविधि पाएको छ ।
त्यस्तै इच्छुक उम्मेदवारहरुको बीचमा सहमति गराउन र उम्मेदवार चयन गरी १६ भदौभित्र केन्द्रमा नाम पठाउने जिम्मेवारी पनि उच्चस्तरीय समितिलाई दिइएको छ ।
संविधान संशोधनको माग गर्दै पहिलो र दोस्रो चरणको स्थानीय चुनाव बहिस्कार गरेको राजपा संसदबाट संशोधन प्रयास असफल भए पनि आगामी चुनावमा सहभागी हुन तयार भएको छ । आफ्ना मागहरु सरकारले आंशिक रुपमा सम्बोधन गरेको र राजनीतिक परिस्थिति फेरिएको भन्दै राजपा चुनावमा भाग लिन तयार भएको हो ।

राजपाले २ असोजमा २ नम्बर प्रदेशमा हुन लागेको तेस्रो चरणको स्थानीय चुनाव तथा आगामी १० मंसिरमा निर्धारित प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग लिने बताएको छ ।

दुई नम्बर प्रदेशमा उम्मेदवार चयन गर्न राजपाले बनाएका समितिहरु यसप्रकार छन् ।

Related Posts: