कान्तिपुरकर्मी ज्ञवालीलाई ‘बारबरा एडम्स’ खोजी पत्रकारिता पुरस्कार प्रदान

भिडियो सहित हेर्नुहोस !
Advertisement


१९, २०७४- बिहीबार एक कार्यक्रमबीच कान्तिपुरकर्मी कृष्ण ज्ञवालीलाई बारबरा शान्ति प्रतिष्ठान नेपालले सन् २०१६ को ‘बारबरा एडम्स’ खोजी पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पुरस्कार केयूका पूर्व उपकुलपति सुरेशराज शर्माले प्रदान गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष डा सन्दुक रुइतको अध्यक्षतामा भएको प्रतिष्ठानको शनिबारको बैठकले नेपालको चिकित्साशास्त्र शिक्षामा भएका भ्रष्टाचार र अनियमितताबारे कान्तिपुर दैनिकमा खोजमूलक समाचार प्रकाशन गरेबापत १ एक लाख एक रुपैयाँ राशिको उक्त पुरस्कार पत्रकार ज्ञवालीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।
झण्डै ५५ वर्षसम्म नेपालका अंग्रजी र नेपाली पत्रपत्रिकामा निरन्तर स्तम्भ लेखेर नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएकी अमेरिकी नागरिक बारबरा एडम्सले जीवनको अन्त्यतिर अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिएकी थिइन् । उनको सन् २०१६ मा नेपालमा निधन भएको थियो ।

Related Posts: