बम समातेर फाल्ने प्रहरी पुरस्कृत

भिडियो सहित हेर्नुहोस !
Advertisement

१९, २०७४- स्थानीय तह निर्वाचनका बेला दाङको मतदान केन्द्रमा सुरक्षाकर्मीतिर हानिएको बम टिपेर फाल्ने प्रहरी दुर्गाबहादुर रानालाई बिहीबार पुरस्कृत गरिएको छ । प्रहरी प्रधान कार्यालयमा पूर्व नेपाल प्रहरी परिवार मञ्च, बेलायतले उनलाई ५१ हजार रुपैयाँ राशिसहित सम्मान गरेको हो ।
हबल्दार रानाको उक्त साहासको कदर स्वरुप नेपाल प्रहरीले सहायक निरीक्षकमा बढुवा गरिसकेको छ । कार्यक्रममा मञ्चका सल्लाहकार शिवजी श्रेष्ठले रानालाई नगद र प्रमाणपत्र प्रदान गरे ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रवासमा बसेर नेपाल प्रहरीको हितमा काम गरेकामा मञ्च र साहास प्रदर्शन गरेकामा रानाको प्रशंसा गरे

Related Posts: