जग्गा खरिदमा अनियमितता भेटिए कारबाही गर्छु: आपूर्ति मन्त्री मण्डल

भिडियो सहित हेर्नुहोस !
Advertisement



विराटनगर: आपूर्ति मन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद गरेको जग्गामा अनियमितता भएको भेटिए कारवाही गर्ने प्रतिवद्धता जनाएका छन्।
विराटनगरमा पत्रकारमाझ कुरा गर्दै मन्त्री मण्डलले संसदीय टोलीले छानबिन अगाडि बढाइ रहेको हुँदा गल्ती भेटिए कारबाही प्रक्रिया अगाडि बढाउन आफूलाई केही कुराले नछेक्ने स्पष्ट पारेका छन्।
तर मन्त्री मण्डलले आफुले जग्गा खरिदको विषयलाई नजिकबाट हेर्दा कानुनी प्रक्रिया पुरा गरेर नै जग्गा खरिद गरेको पाइएको बताए।

'जग्गाको मुल्य वृद्धिको कुनै सीमा हुँदैन' मन्त्री मण्डलले भने, 'यो असिमित मुल्य वृद्धिमा एकिन र तथ्यपरक प्रमाण नआउन्जेल सम्म मन्त्रालयले केही गर्न सक्दैन।' उनले नेपाल खाद्य सँस्थानले बाढीपीडितका लागि पठाउन भण्डारण गरिएको खाद्यान्नमा अनियमितता भेटिएको बताए
आफूले स्थलगत अनुगमन गर्दा बाढीप्रभावित विभिन्न जिल्लामा पठाएन तयारी अवस्थामा राखिएको चामल लागाएत विभिन्‍न दलहन खाद्यान्नमा लापरवाहिका कारण बिग्रेको भन्दै सम्बन्धित निकायका प्रमुखलाइ प्रचलित ऐन, नियमबमोजिक कारवाहीको निर्देशन दिएको समेत जानकारी दिए।

Related Posts: