कतारमा यसरी गरिँदैछ नेपाल आइडलको ग्राण्ड फिनाले

भिडियो सहित हेर्नुहोस !
Advertisement

टप १२ प्रतियोगीदेखि तेरिया मगरसम्म दोहा लगिने
दोहा– एपि वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो नेपाल आइडलको ग्रण्ड फिनाले कतारको सनैयास्थित एसियन टाउनको एम्पिथियटरमा आगामी २२ सेप्टेम्बरमा हुुने भएको छ ।
ओनेक्स वान इन्टरनेशनल क्यानडा तथा एभरेष्ट नेपाल युुथ एसोसियसन कतारको संयुुक्त आयोजनामा हुुने ग्रण्ड फिनालेमा नेपाल आइडलका टप १२ सम्मका प्रतियोगी उपस्थित गराइने भएको छ ।

ग्राण्ड फिनालीका कार्यक्रममा तेरिया फौजामगर, केदार घिमिरे, सन्दिप क्षेत्री, हेमन्त रानाका साथै बरिष्ठ संगितकार शक्ति बल्लभ लगायतको उपस्थिति रहने एभरेष्ट नेपाल युुथ एसोसियसनका अध्यक्ष उत्तम गुुरुङले दोहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
ग्रान्ड फिनालेका लागी अनुुमानित १४ लाख ८० हजार रियाल अर्थात करिब ४ करोड २० लाख रुपया खर्च हुुनेछ । जसमा १६ हजार ५ सय दर्शक क्षमताको कार्यक्रम हल, स्टेज सेटअप, हवाइ टिकट, भिषा, होटल तथा यातायात खर्च लगायत छन । ग्रान्ड फिनालेका लागी जज, प्रतियोगी, कलाकार तथा प्राबिधिक गरि ८५ जना नेपालबाट आउने आयोजकले जनाएको छ ।
नेपाल आइडलको प्रतिष्पर्धामा अब चार जना मात्रै रहेका छन् । प्रताप दास, बुद्ध लामा, निशान भट्टराई र सागर आले मात्रै प्रतिष्पर्धी छन् । एसएमएस भोटिङका आधारमासुरज थापा, उल्सन श्रेष्ठ, सुजाता पाण्डे लगायतका उत्कृष्ट प्रतियोगीहरु भने बाहिरिसकेका छन् ।

Related Posts: