कलेजो दान गर्ने सरिताको सहयोगार्थ सांगीतिक कार्यक्रम

भिडियो सहित हेर्नुहोस !
Advertisement

भाद्र ७, २०७४- आफ्नो कलेजो दान दिई बुबाको जीवन रक्षा गर्ने सरिता महर्जनको सहयोगार्थ नेपा: डान्स एकेडेमीको आयोजनामा सांगीतिक कार्यक्रम ‘होप’ राजधानीमा सम्पन्न भएको छ ।

कार्यक्रममा गायक कमल के. क्षेत्री, गायिका तुनाबेल थापा, बि–एट ब्यान्डको साथै नेपाल आइइल कार्यक्रमबाट चर्चित गायिका केन्जल मेहेर श्रेष्ठले पनि आफ्नो सांगीतिक प्रस्तुति दिए
बुबाको कलेजो प्रत्यारोपणसागसागै आफ्नैसमेत उपचार र मृगौला रोगले पीडित आफ्नी आमाको डाइलोसिस गराउँदैमा आर्थिक समस्या भोगिरहेकी सरिताको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा सम्पूर्ण कलाकारले योगदान दिएका थिए । सरिताको सहयोगको लागि सम्पूर्ण कलाकारले विना पारिश्रमिक कार्यक्रममा उपस्थित भइ आफ्नो प्रस्तुति दिएका थिए । यसको साथै सामाजिक उद्देश्यले आयोजित यस कार्यक्रमको लागि क्लब डेजाभुले स्थान र नेपा: म्यूजिकले ध्वनि उपकरण (साउन्ड सिष्टम) पनि नि:शुल्क उपलब्ध गराएको कार्यक्रम संयोजक रीना महर्जनले बताइन् ।
क्रमममा सरिता स्वयम् पनि उपस्थित भएकी थिइन् । दर्शक सामु सरिता उभिंदा कार्यक्रमको माहौल निकै भावुक बनेको थियो । कार्यक्रमका समस्त दर्शकले सांकेतिक रुपमा सरितालाई आफ्नो साथ व्यक्त गरेका थिए । कट बिक्री, विज्ञापन आदिबाट संलकन हुने नाफा मात्र होइन, पुरै रकम सरिता महर्जनलाई हस्तान्तरण गरिने कार्यक्रम व्यवस्थापक गम्भीरमान सिंहले बताए ।

Related Posts: