रोबोकुट बोकेर अमेरिकामा

भिडियो सहित हेर्नुहोस !
Advertisement


अमेरिकामा भएको ग्लोबल कम्पिटिसनमा रोबर्र्ट निर्माणमा दक्षिण एसियामा दोस्रो र विश्वमा ३८औं स्थान ल्याउन सफल काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित शिखरपुरा सामुदायिक विद्यालय र अरुणोदय विद्यालयका विद्यार्थीले आफ्नो अनुभव सुनाएका छन् । विश्वभर शुद्ध पानीको अभाव भइरहेको बेला यी स्कुले विद्यार्थीले फोहोर पानीलाई शुद्ध र पिउनयोग्य बनाउने नमुना रोबर्र्ट ‘रोकुबोट' निर्माण गरेका थिए । प्रतिस्पर्धाका लागि अमेरिकामा पुग्दाको अनुभव उनीहरूले आदानप्रदान गरेका हुन् ।

रोबर्ट बनाउन सहयोग गर्ने सतिस अर्यालले रोबर्ट निर्माणमा उनीहरू लगनशील भएर लागेको बताए । ती विद्यार्थीलाई किताबी र व्यावहारिक ज्ञान दिए विज्ञानप्रविधिको क्षेत्रमा नेपालबाटै नयाँ आविष्कार हुनसक्ने सम्भावना रहेको उनको दाबी छ । भने, ‘नेपाल अल्पविकसित भए पनि विज्ञानप्रविधिको विकासमा नयाँ आयाम थप्ने साहस उनीहरूले बोकेका छन् । उचित वातावरण सरकारले जुटाइदिनुपर्छ ।'

शिखरापुर सामुदायिक विद्यालयका संस्थापक शशी शर्मा अर्यालले विज्ञानप्रविधिमा विकसित उक्त प्रविधिको विकास र विस्तारमा सरकारबाटै लगानी हुन जरुरी रहेको औंल्याए । अमेरिका जानुअघि शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा दुई विद्यालयका ६ विद्यार्थीले नेपालमा पनि रोबोकुट प्रदर्शन गरेका थिए । ६ जना विद्यार्थीको सहयोगमा बनाइएको यो रोबोकुटको लागत २२ लाख रुपैयाँ रहेको थियो ।
आईसीटी अवार्डमा शीर्ष १०

आइसिटेक मिडिया प्रालिको आयोजनामा भदौ १ मा राजधानीमा हुने ‘आईसीटी अवार्ड २०१७'मा पाँचमध्ये दुई विधामा शीर्ष १० को नाम घोषणा गरिएको छ । आठ सदस्यीय निर्णायक समूहले विभिन्न प्रक्रियाबाट शीर्ष १० को टुंगो लगाएको हो । यसअन्तर्गत बेस्ट आईसीटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ प्रडक्ट अवार्डका शीर्ष १० को छनोट गरिएको छ । बेस्ट आईसीटी स्टार्टअप अवार्डअन्तर्गत शीर्ष १० मा पर्न सफल स्टार्टअप कम्पनीमा बसोबास नेपाल, बीटेक सोलुसन्स प्रालि, क्याचीरोड इंक, क्रिप्टिक थ्रेड टेक्नोलोजी प्रालि, एटोन टेक्नोलोजी प्रालि, प्रोलोजिक सोलुसन्स प्रालि, पाइला टेक्नोलोजी प्रालि, एमबीए ग्लोबल कम्पनी, सोनीटेक र जेफ्टवेयर सोलुसन्स प्रालि रहेका छन् ।

त्यस्तै बेस्ट इन्नोभेटिभ प्रडक्ट अवार्डअन्तर्गत छानिएका उत्कृष्ट १० प्रडक्टमा बिग फुट, एडुवेयर, एभरेस्ट कास्ट, गुनासो, मुग्लान, नेपाल इन डाटा, नेपाल भीआर, परी, अनलाइन ह्याकर र वकस्ट्रिम ब्राउजर छन् । आईसीटी स्टार्टअप अवार्ड २०१७ का लागि कुल ४३ कम्पनीले अनलाइन आवेदन दिएका थिए । यसमध्ये आठ कम्पनी अवार्डका लागि न्यूनतम आधार नपुगेकाले समावेश नगरिएको आयोजकले जनाएको छ । बाँकी ३५ कम्पनीबाट उत्कृष्ट २० हुँदै १० कम्पनी छनोट गरिएको हो । इन्नोभेटिभ प्रडक्टमा कुल ५२ प्रडक्टले आवेदन दिएका थिए ।

छनोटमा परेका १० कम्पनी र प्रडक्टले जुरीसमक्ष अगस्ट ३ मा प्रेजेन्टेसन दिने कार्यक्रम छ । त्यसबाट छानिएका उत्कृष्ट पाँचपाँच प्रतिस्पर्धीका लागि अनलाइन भोटिङ सुरु गरिने छ । आठ सदस्यीय निर्णायकमा रवि फुयाल (संयोजक), अस्गर अली, हेमपाल श्रेष्ठ, सुवास ढकाल, नरोत्तम अर्याल, किशोर पन्त, विक्रम श्रेष्ठ र मनोज शाक्य छन् ।

Related Posts: