१० महिने सफल कार्यकाल, तरवारको धारमा चिप्लेनन् प्रचण्ड ! आलोचना चिर्दै सफल र उदाहरणीय बन्यो प्रचण्ड कार्यकाल

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, जेठ १० । दश महिना सत्ता सञ्चालन । अवधिका दृष्टिले एउटा कमजोर समय । त्यसमा पनि आफ्नो योजना अनुरुपको बजेट नभएको अवस्था । जनजीविका भन्दा राजनीतिक मुद्दाहरु हल गर्नुपर्ने बाध्यता । एउटा आशंका र चौतर्फी आलोचनाको घेरा ।

पक्कै पनि सामान्य अवस्था थिएन प्रचण्डका लागि । एकातिर एमालेसँग गठबन्धन तोडेर अघि बढ्नुपर्ने अवस्था थियो । स्वभाविकरुपमा हिजोको सत्ता सहयात्री प्रतिपक्षमा जाँदा त्यसले चर्को र कटु आलोचना गर्ने निश्चित थियो । अर्कोतर्फ सत्ताले किनारामा पुर्याइएका मधेसी दलहरु थिए । वार्ताको टेबलमैं बस्न नखोज्ने । उनीहरुलाई विश्वासमा ल्याउनु जरुरी थियो । तेश्रो कुरा, यी सबैका बीचमा संविधान कार्यान्वयनको जटिल जिम्मेवारी थियो । संविधान कार्यान्वयनका लागि उत्तर र दक्षिण बनेका एमाले र मधेसी मोर्चालगायतलाई मध्य बिन्दुमा ल्याउनै पथ्र्यो । चुनाव गर्नै पथ्र्यो । र, यो सँगै जनताका चुलिएका आशाहरु, मूल्यवृद्धिदेखि जनताले भोग्ने कतिपय समस्या, सुशासन, विकासलगायतका कुरा त छँदै थिए ।

Related Posts: