रुपन्देही । रुपन्देहीको सालझण्डीमा एक युवकको निर्ममतापूर्वक हत्या भएको छ । एक बियर प्mयाक्ट्रीको माकेर्टिङ गर्दै आएका गुल्मी बलेटक्सार घर भएका २५ बर्षिय दामोदर केसीको हत्या भएको हो ।
उनलाइ हत्या गरेपछि जंगलमा रैनीको रुखमा झुन्ड्याइएको अबस्थामा प्रहरीले फेला पारेको हो । उनी आइतबार काम सकेर घर नफर्केपछि केसीका दिदी भिनाजूले प्रहरीलाई खबर गरेका थिए । केसी आफ्ना दिदी भिनाजूसंग बुटवल १२ ढवाहामा बस्दै आएका थिए ।
केसीको शब पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । उनको रहस्मय हत्याबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
चुनावी सभाका लागी महामन्त्री हेलिकप्टरमाकांग्रेस महामन्त्री शशांक कोइरालाले नवलपरासीको आफ्नो निर्वाचन क्षेत्रमा हेलिकप्टरको प्रयोग गरेर चुनावीसभा गर्दै हिँडेका छन् ।नवलपरासीको दुर्गम पहाडी ग…Read More