चुनावी सभाका लागी महामन्त्री हेलिकप्टरमा

भिडियो सहित हेर्नुहोस !
Advertisement


कांग्रेस महामन्त्री शशांक कोइरालाले नवलपरासीको आफ्नो निर्वाचन क्षेत्रमा हेलिकप्टरको प्रयोग गरेर चुनावीसभा गर्दै हिँडेका छन् ।

नवलपरासीको दुर्गम पहाडी गाउँमा आयोजित चुनावी सभामा कांग्रेसका पक्षमा मत माग्न उनी हेलिकप्टरमा आएका हुन् । मंगलबार एकै दिन ७ वटा स्थानमा आयोजित चुनावी सभामा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेसले जानकारी दिएको छ । कांग्रेस जिल्ला प्रचार समितिले नवलपरासीको पहाडी ७ स्थानमा आयोजना गर्ने चुनावी सभामा कोइरालाले सम्बोधन गर्ने कार्यक्रममा सहभागी जनाउन अपिल गर्दै अघिल्लै दिनदेखि टोलटोलमा माइकिङ गरिएको थियो ।

कोइरालासँग कांग्रेसका केन्द्रीय सदस्य गुरुप्रसाद घिमिरे पनि आएका छन् । मंगलबार दिउँसो नवलपरासीको पहाडी बाह्रकोलमा पहिलो चुनावी सभा गरेका छन् । सभामा भेला गराउन टाढाटाढाबाट स्थानीयहरु पैदल आएका छन । मंगलबर नवलपरासीकै बुलिंटार, डेढगाउँ, कीर्तिपुर, झयाल्बास, बन्दीपुर र कावासोती नगरपालिकाको बिष्णुनगरमा कांग्रेसद्वारा आयोजित चुनावी कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनायो ।

पहाडी बाह्रकोलको चुनावी सभामा बोल्दै कांग्रेस महामन्त्री कोइरालाले नेपाली कांग्रेसले जितेमात्र देशमा स्थायित्व आउने दाबी गरे । सभामा बोल्दै कोइरालाले स्थानीय चुनावको ठुलो महत्व रहेको र पहाडको विकासलाई आफूले जहिले पनि प्रथामिकतामा राखेको बताए । सभामा भन्दा पनि हेलिकप्टर हेर्न भन्दै टाढाटाढाबाट मतदाताहरु सभा स्थलमा भेला भएका छन् । महामन्त्री कोइरालाले हेलिकप्टर प्रयोग गरेर चुनावी सभामा आएपछि अन्य दलका नेताहरुले पनि त्यसै गर्नपर्ने दबाब बढेको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले एउटा पार्टीबाट मुख्य प्रचारक र सहायक प्रचारक गरी बढीमा दुईजनाले मात्र आफ्नो खर्चमा हेलिकप्टर प्रयोग गर्न पाउने निर्वाचन ऐनमा व्यवस्था रहेको कान्तिपुरलाई बताए । उनले हेलिकप्टर प्रयोगबापतको खर्च विवरण आयोगमा पेस गर्नपर्ने व्यबस्था रहेको पनि जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालयले त्यस पार्टीका कस्कस्लाई मुख्य प्रचारक र सहायक प्रचारक तोकेको भने आफूलाई जानकारी नरहेको प्रवक्ता शर्माले टेलिफोनमा बताए । कांग्रेस जिल्लाले पार्टीको निजी खर्चमा हेलिकप्टर चार्टरको व्यवस्था गरिएको जनायो



Related Posts: