भारतको राजधानी नयाँदिल्लीको एक घरबाट २४ महिला एवं युवतीहरुको उद्धार गरिएको छ । रोजगारीका लागि मध्यपूर्वका देशहरुमा पठाउने सपना देखाएर दलालद्वारा उनीहरुलाई विगत एक महिनादेखि दिल्ली, उत्तमनगरको एक घरमा राखिएको थियो । दिल्ली प्रहरी र दिल्लीस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरेर माइती नेपाललाई बुझाएको थियो । उद्धार गरिएका उनीहरु १५ देखि ४० वर्षबीचका रहेको इन्डो एसियन न्युज सर्भिस (आईएएनएस)ले जनाएको छ । महिलाहरुलाई नेपालबाट खाडी जान नियम कडा पारिएपछि पछिल्लो समय भारत हुँदै विदेश पठाउने गिरोह सक्रिय भएको पाइन्छ । सन् २०१४ र २०१५ मा महिला र बालबालिका गरेर झन्डै १६ हजार ५ सय नेपाली मानव तस्करको फन्दामा परेर विदेशिएको राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांक छ । सन् २०१५ को भूकम्पपछि उक्त संख्यामा २० प्रतिशत बढोत्तरी भएको आयोगको प्रतिवेदनमा जनाइएको छ
आजको सुनको मूल्य कति छ , आयो खबरभाद्र १६। साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहिबार प्रति तोला ५६ हजारमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ५ सयले …Read More
पुक्क पेट घटाउने १० घरेलु उपायपुक्क पेट घटाउने १० घरेलु उपाय१. यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसल…Read More
नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्योचितवन, १६ भदौ । अथक प्रयासपछि नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार अबेर रातिदेखि एकतर्फी खुलेको छ । सडक खुलेपनि जाम भने यथावत रहेको छ ।बुधवार राति परेको प…Read More