चितवन, १६ भदौ । अथक प्रयासपछि नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार अबेर रातिदेखि एकतर्फी खुलेको छ । सडक खुलेपनि जाम भने यथावत रहेको छ ।
बुधवार राति परेको पानीले ४० मिटर सडक भासिएपछि आवागमन अवरूद्ध बनेको थियो ।
सडक भाँसिएको ठाँउमा भित्ता काटेर सडक सञ्चालन भए पनि सवारीको अत्यधिक चाप, जथाभावीको ओभरट्याकले सडक सञ्चालन सुचारु हुन नसकेको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।
मुग्लिनभन्दा १ किलोमिटर नारायणगढतर्फ एक बस र ट्रक समेत ठोक्किएकाले आवागमन थप अस्तव्यस्त बनेको छ ।
सवारी जामका कारणले मुग्लिन भएर पोखरा जाने र काठमाडौं आउने कयौं सवारी साधन फसेका छन् ।
पोखरा र नारायणगढ भएर जाने सवारी साधानहरु मुग्लिनबाट कुरिनटारसम्म जाममा छन् भने पोखरावाट काठमाडौं जाने सवारी साधानहरु तनहुँको आँबुखैरहनी गाँउपालिका क्षेत्रमा डेढ किलोमिटरभन्दा बढी जाममा परेका छन् ।
निर्वाचनको ७२ घन्टा अगाडी सीमा बन्द गरिनेमहोत्तरी, जेठ २५–दोस्रो चरणको निर्वाचन (असार १४) हुने दिन भन्दा ७२ घन्टा अगाडी सीमा बन्द गरिने जिल्ला प्रसासन कार्यालय महोत्तरीले जनाएको छ ।इन्डो नेपा…Read More