काठमाडौं महानगर अपडेट : विद्यासुन्दरको फराकिलो अग्रता (मत परिणामसहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, जेठ ७–काठमाडौं महानगरपालिकामा एमालेका बिद्यासुन्दर शाक्य झण्डै सात हजार मतले अगाडि देखिएका छन् ।११ बजेसम्मको पछिल्लो मत परिणाम अनुसार मेयरका उम्मेदवार बिद्यासुन्दर शाक्यले २४ हजार २२ मत ल्याएका छन् भने दोश्रो स्थानमा रहेका नेपाली कांग्रेसका राजुराज जोशीले १७ हजार २२ मत ल्याएका छन् ।

यस्तै तेश्रो स्थानमा रहेको विवेकशील नेपाली दलकी उम्मेदवार रञ्जु दर्शनाले ९ हजार ६ सय ८८ मत प्राप्त गरेकी छिन् । यस्तै साझा पार्टीका उम्मेदवार किशोर थापाले ७ हजार ३ सय १४ मत ल्याएका छन् । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले २ हजार ७ सय ७७ मत ल्याएका छन् ।
महानगरपाकिलामा खसेको कुल १ लाख ७० हजार हाराहारीको मत मध्ये हालसम्म ७४ हजार १८८ मत गणना भएको छ । निर्वाचन आयोगले १३ वटा स्थलबाट एकैसाथ मत गन्ने काम गरिरहेको छ ।



Related Posts: