काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराधीलाई उन्मुक्ति दिने सरकारको कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमको अन्तर्वार्तामा प्रधानमन्त्रीले उक्त कुरा स्पष्ट पारेका हुन् । प्रधानमन्त्रीले भने, ‘टिकापुर घटनाको मुद्दा फिर्ताबारे अनावश्यक प्रचार गरिएको छ ।
झुट्टा मुद्दा फिर्ता गर्ने भनिएको हो, जो घटनामा संलग्न छैनन्, उनीहरुलाई कार्यविधिमा पूनर्विचार गरेर मुद्दा फिर्ता लिने भनिएको हो ।’हत्यामा संलग्नलाई उन्मुक्ति दिने नभनिएको प्रधानमन्त्रीको दाबी थियो ।‘मधेशमा भएको धनजन लगायतका कुराहरुबारे पनि सरकार गम्भीर छ । गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने सरकारको नियत छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधान, कानून र अदालतको नजिरको हामी सम्मान गर्छौं । घटनामा संलग्न नै नभएकाहरुलाई झुट्टा मुद्दा लगाइएको छ भने त्यसलाई फिर्ता गर्ने भनिएको हो ।’ उनले कुरा राम्ररी नबुझीकन त्यसको गलत व्याख्या गर्नु राम्रो नभएको भन्दै दुःख समेत व्यक्त गरे ।
‘प्रतिपक्षीको विरोध गर्नु आफ्नो धर्म होला । सरकारको उद्देश्य घटनामा संलग्न नभएकाहरुलाई छुट दिने हो, अपराधीलाई उन्मुक्ति दिने होइन,’ उनले भने । प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचन उत्साहवद्र्धक, जनताको व्यापक सहभाागिता र शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनले बताए । ‘कसले जित्यो भन्नेमा मेरो ध्यान छैन । दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधि आएका छन् । देश सही दिशामा गएको छ, देश सफलताको बाटोमा जान्छ । यो नै मेरा लागि खुसी र गर्वको विषय हो,’ उनको भनाई थियो । प्रधानमन्त्रीले हिमाल, पहाड र मधेशलाई मिलाएर संविधान कार्यान्वयन गर्नु मेरो दायित्व थियो, यसमा म सफल भएको बताएका छन् । उनले भने, ‘मलाई गर्वको महशुस भएको छ, देशले जितेको छ ।
मेरो पार्टीले जित्यो कि जितेन भन्ने मलाई खासै चासो छैैन । अहिलेको सन्दर्भमा माओवादीले जुन स्थान हासिल गरेको छ, त्यो सन्तोषजनक नै छ । जनताले बिस्तारै बुझ्दै जान्छन् ।’प्रधानमन्त्री प्रचण्डले आफूले नेतृत्व सम्हालेपछि सरकारका कामको प्रभाव सबैभन्दा बढी शहरमा परेको तर निर्वाचन परिणाम त्यस अनुरुप नआएकोमा आश्चर्य व्यक्त गरे । ‘आर्थिक बृद्धिदर, लोडसेडिङको अन्त्य लगायतका कामले शहरलाई नै छोएको छ । निर्वाचन परिणाम केही अन्तरविरोधी देखिएको छ । तर, जनताले क्रमशः बुझेर प्रदेश र संघको निर्वाचनसम्म पुग्दा हामीलाई फेरी विश्वास गर्नुहुन्छ । सरकारबाट सबैभन्दा बढी लाभ लिएको शहरको वर्गले किन विश्वास गरेन रु हामी त्यसको समीक्षा गर्छौं । विगतको समीक्षा गरेर नयाँ रणनीति बनाएर हामी अघि बढ्छौं,’ उनले भने । प्रधानमन्त्रीले जेठ १५ गते नै राजनीतिक सहमतिमा बजेट ल्याउने सोचमा रहेको पनि बताए ।
रोल्पाको थवाङ गाउँपालिका प्रमुखको अपहरण३० भदौ, रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन । उनी बिहीबार राति करिब ११ बजेदेखि सम्पर्कविहीन छन ।थवाङ–२ कोइचाव…Read More