दोस्रो चरणको निर्वाचनमा पनि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृती

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं ।दोस्रो चरणको निर्वाचनमा पनि नेपाली सेना परिचालन गरिने भएको छ । मंगलबार राष्ट्रपति विद्या देवी भण्डारीले सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् ।

सुरक्षा परिषद्को सिफारिसमा सरकारले जेठ ३१ को चुनावमा सेना परिचालनको निर्णय गरेको थियो । राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ को उपधारा २ बमोजिम चुनावका लागि सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बैशाख ३१ गते भएको पहिलो चरणको चुनावमा पनि सेना परिचालन गरिएको थियो । ‘व्याकअप फोर्स’का रुपमा परिचालिन हुने नेपाली सेना चुनावी सुरक्षाको तेस्रो घेरामा मात्र बस्नेछ ।पहिलो घेरामा नेपाल प्रहरी र जनपद तथा दोस्रो घेरामा सशस्त्र प्रहरी रहन्छन् ।


Related Posts: