हेटौँडा, ८ जेठ । हेटौँडा उपमहानगरपालिकाको जारी मतगणनामा नेकपा एमाले र नेपाली काँग्रेसबीच रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ ।
सोमबार रातिसम्मको मतगणना अनुसार, नेकपा एमालेका मेयरका उम्मेदवार हरिबहादुर महत केही मतले काँग्रेस भन्दा अगाडि छन् । मेयरमा काँग्रेस र एमालेबीच अगाडि आउने प्रतिस्पर्धा चलिरहेको छ ।
एमालेका महतले १७ हजार ९ सय ५६ मत पाउँदा दोस्रो स्थानमा रहेका काँग्रेसका मेयरका उम्मेदवार आनन्दराम पराजुली १७ हजार ६ सय ६१ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।
यस्तै उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मीना लामा भारी मत अन्तरले अगाडि छिन् । लामाले १८ हजार ४ सय ११ मत प्राप्त गरेकी छिन् ।
नेकपा माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बलराम बल १३ हजार ५२ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।
हेटौँडा उपमहानगरपालिकाको वडा नं १ देखि ८ अनि १३ देखि १९ वडासम्मको मतगणना सम्पन्न भइसकेको छ । १५ वटा वडाको मतगणना सम्पन्न भइसक्दा एमाले अग्रपंक्तिमा छ ।
७.७ म्याग्निच्यूडको भूकम्प रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको समाचार छ। रुसमा करिब ७.७ रिक्टर स्केलको भूकम्प मापन गरिएको समाचारमा जनाइएको छ।रुसको पूर्वी तटीय क्षेत्रमा केन…Read More