भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ। ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षिय डमरबहादुर पुन र ३८ वर्षीय गिरिश गुरुङ रहेका छन्।
भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा शल्यक्रियाका क्रममा उनीहरुको गोली लागेर मृत्यु भएको हो।
शर्मा पाँच वर्षअघि भारतीय सेनामा भर्ती भएका थिए। दुई दाजुभाइमध्ये रबिन परिवारका जेठा हुन्। उहाँ राइफलम्यान पदमा कार्यरत रहनुभएको थियो। गत माघमा मात्रै विवाह बन्धनमा बाँधिएर गएका शर्माको मृत्युले सिङ्गो चुवा शोकमaग्न बनेको छ।
यसैगरी कास्कीको नगिधर गाउँका गिरिस गुरुङ १९ वर्षदेखि भारतीय सेनामा काम गर्दै आएका थिए। उनी हबल्दार पदमा कार्यरत थिए। उनको पत्नी पञ्चमाया गुरुङ र दुई सन्तान छन्। त्यस्तै गुल्मीको काराइँग तुन गाउँ घर भएका हबल्दार डमरबहादुर पुन पनि २१ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए। उनको पत्नी कल्पना पुन र दुई सन्तान छन्। तीनैजनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिने मृतक शर्माका पारिवारिक स्रोतले जनाएको छ।