रञ्जु दर्शनाले १० हजार मत प्राप्त गरिन

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं—काठमाडौं महानगरपालिकामा विवेकशील नेपाली दलकी मेयर प्रत्यासी रञ्जु न्यौपानेले १० हजार मत कटाएकी छिन्। स्नातक तहकी विद्यार्थी २१ वर्षे रञ्जुलाई मेयर प्रत्यासी बनाएको विवेकशीलले २१ औं शताब्दी सुहाउँदो नेतृत्वको लागि मत मागेको थियो।

मतदाताले विवेकशीलको प्रस्तावलाई अनुमोदन गर्ने नदेखिए पनि विश्वास गरेको देखिएको छ। ७७ हजार ६३२ मत गणना हुँदा रञ्जुले १० हजार १४७ मत हाँसिल गरेकी छन्।

जारी मतगणनामा एमालेका विद्यासुन्दर शाक्य ७ हजार बढी मतअन्तरले अग्रता लिइरहेका छन्। उनले २५ हजार १५२ मत पाएका छन्। काँग्रेसका राजुराज शाक्यको १७ हजार ७१० मत पाएका छन्।

साझा पार्टीका किशोर थापा ७ हजार ६७१ मतका साथ चौथो स्थानमा छन् भने माओवादीका सर्वोत्तम डंगोलले २ हजार ८८० मत पाएका छन्