ललितपुर। पानी खाने निहुँमा घरमा पुगेका एक युवाले जवर्जस्ति युवतीमाथि करणी गरेका छन्। घटना शुक्रबार ललितपुरको हो।
ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने २० वर्षीया युवतीलाई उनकै घरमा अन्य कोही नभएको अवस्थामा जवर्जस्ति गरिएको युवतीको वयानका आधारमा प्रहरीले जनाएको छ।
पानी खाने निहुँमा प्रवेश गरी जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने भारतीय नागरिक ३० वर्षीय रवीन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -
दश ठाउँबाट फास्ट ट्र्याक बनाइनेनिजगढ (बारा) : राष्ट्रिय गौरवका आयोजनामध्ये बहुचर्चित र बहुप्रतिक्षित काठमाडौं-तराई जोड्ने फास्ट ट्र्याक (द्रुतमार्ग) को निर्माण कार्य आइतबारदेखि सुरु…Read More