हुम्लाको खार्पृुनाथ गाउँ पालकिाकाको खार्पू मतदना केन्द्रमा काग्रेस उमेदवार र स्वतन्त्र उमेदवारबीच झडप हुदा प्रहरीले दुइ राउण्ड हवाइ फायर गरेको छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


वैशाख ३१, २०७४ हुम्लाको खार्पृुनाथ गाउँ पालकिाकाको खार्पू मतदना केन्द्रमा काग्रेस उमेदवार र स्वतन्त्र उमेदवारबीच झडप हुदा प्रहरीले दुइ राउण्ड हवाइ फायर गरेको छ । झडप भएपछि बिहान ७ बजेबाट सुरु हुनु पर्ने मतदान रोकिएको थियो । स्थिति सामान्य बनेपछि रोकिएको मतदाना.११ बजेबाट सुरु भएको प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले वताउनु भयो ।

अधिकारी पौडेलले सामान्य झडप भएपनि मतदना रोकिएकाले सदरमुकामबाट थप सुरक्षाकर्मी पठाएको बताउँदै स्थिति नियन्त्रमा आइसकेकाले मतदना सुरु भैसकेको जानकारी दिनुभयो । खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ को महिला उम्मेदवारको मृत्यु भएकाले राया मतदान केन्द्रमा भने निर्बाचन स्थागित भएको छ । एमालेबाट उम्मेदवारी दिएकी ३८ वर्षिय विष्णु रावलको निमोनियाका कारण हिजो मृत्यु भएपछि निर्वाचन स्थागित भएको हो । मूख्य निर्बाचान अधिकृत खिलनाथ रेग्मीका अनुसार स्थागित भएको मतदान केन्द्रमा जेठ ५ गते निर्बाचन हुने छ ।

३ नम्बर वडाको निर्बाचन सरेकाले खार्पुनाथ गाउ पालकिाको मतगणना जेठ ७ गते हुने छ । नगरपालिका विहिन हुम्लामा ७ गाउपालिकामा जनप्रतिनिधी निर्बाचनका लागी ५२ मतदान केन्द्र रहेका छन् । जिल्लाका अन्य ५० मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भैरहेको अधिकारी पौड्लले जानकारी दिनुभयो । कूल ४९ हजार ९ सय ३३ जनसख्या भएको हुम्लामा ११ हजार ८ सय ६६ महिला र १२ हजार ६ सय ९६ महिला गरी २४ हजार ५ सय ६२ मतादाता रहेका छन् । उत्तरी तिब्बतसंग जोडिएको नाम्खा गाउपालकिामा बौद्ध धर्मालब्बी लामा र तामाको मात्र बसोवास छ ।




Related Posts: