साउन, काठमाडौं । सरकारले मुद्दा फिर्ता लगायतका राजपाका माग ३ दिनभित्र सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । लगतै संविधान संशोधन विधेयक अघि बढाइने नेताहरुले बताएका छन् नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतासँग बुधबार विहान भएको छलफलमा राजपाका शीर्ष नेताहरुले मन्त्रिपरिषदले गर्ने निर्णय समेत नभएको गुनासो गरेका छन् । जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुद्दा फिर्ता, घाइतेको उपचार खर्च र शहीद घोषणा लगायतका विषय ३ दिनभित्र गर्ने बचन दिएका छन् । संविधान संशोधन प्रक्रिया पनि अघि बढाइने सत्तारुढ दलका नेताहरुले बताएका छन् । ‘पास गराउन सरकारले इमान्दारिकतापूर्वक प्रयास गर्ने हो,’ कांग्रेस नेता रामशरण महतले भने ।
तातोपानी नाका छिट्टै सञ्चालनमावैशाख ०७२ को भूकम्पले क्षति पुर्याएपछि बन्द भएको तातोपानी नाका छिट्टै सञ्चालनमा आउने भएको छ । दुवै देशको सहमतिअनुसार अहिले नाका पुनःसञ्चालनका लागि धमा…Read More