चट्याङ लागेर मोरङमा आमाछोरीको मृत्यु

भिडियो सहित हेर्नुहोस !
Advertisement




साउन, विराटनगर । मोरङको लेटाङमा बुधबार विहान चट्याङ् लागेर २ जनाको मृत्यु भएको छ ।
लेटाङ नगरपालिका-२ स्थित पुरानो बजार निबासी ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीय छोरी सुष्माको चट्याङ लागेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सलेन्द्रकुमार यादवका अनुसार खेतमा काम गरिरहेको अवस्थामा विहान ७ बजे मुसलधारे पानीसहित परेको चट्याङ्ले लागेर आमाछोरी घाइते भएका थिए ।

घाइते आमाछोरीलाई उपचारका लागि धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए लगत्तै मृत्यु भएको हो ।

Related Posts: