नेपथ्यको कन्सर्ट अब न्यूजिल्याण्डमा

भिडियो सहित हेर्नुहोस !
Advertisement


अष्ट्रेलिया भ्रमण सकेर नेपथ्य ब्याण्डको यात्रा अब प्रशान्त महासागरकै अर्को टापुका रुपमा प्रसिद्ध मुलुक न्यूजिल्याण्डमा हुने भएको छ। अकल्याण्ड सहरमा जुलाइको २८ तारिखका दिन नेपथ्यले कन्सर्ट गर्ने भएको निश्चित भएको छ।

‘न्यूजिल्याण्ड यात्राको कुराकानी केहिसमय अघि नै भएता पनि यात्रा थालनी गरिहा ल्नुपरेकाले हामीले तत्काल भिसाका निम्ति पासपोर्ट बुझाउन सकेका थिएनौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका अर्पण शर्मा भन्छन्, ‘त्यसैले कंगारुको देशमा आइसकेपछि हामीले न्यूजिल्याण्डको निम्ति भिसा आवेदन दिएका थियौं।’

अष्ट्रेलिया रहँदै टोलीको आवेदन न्यूजिल्याण्डको हाइकमिशनले स्वीकार गरेपछि त्यसतर्फको यात्रा औपचारिक घोषणा गर्न पाइएकोमा शर्माले खुशी व्यक्त गरे ।

यस वर्षको अष्ट्रेलिया भ्रमणमा पहिलो शो मेलबर्नमा ८ जुलाइका दिन सम्पन्न भएको थियो । लगत्तै दोश्रो कन्सर्ट १५ तारिखका दिन एडिलेडमा आयोजना गरियो । पूर्वनिर्धारित योजना अनुसारै अब मुलुककै सबैभन्दा भब्य कन्सर्ट २२ तारिखका दिन सिड्नीमा सम्पन्न गरेपछि अब भने नेपथ्य स्वदेश फिर्नुअघि न्यूजिल्याण्ड पनि पुग्नेभएको हो।लियाको छेउमै रहेता पनि विशिष्ट पहिचान बनाएको न्यूजिल्याण्डमा पहिलोपटक नेपथ्यको उपस्थितीसँगै नेपाली गीत संगीतको व्यवस्थित आयोजना पनि थालनी हुनेभएको छ ।

‘नेपथ्यलाई न्यूजिल्याण्डमा निम्त्याउन पाउँदा गौरव महशुस भइरहेको छ,’ आयोजक आरोह इभेन्ट्स्का राज महर्जन भन्छन्, ‘सही ढंगको मञ्चमा सही तरिकाले गीत संगीत प्रस्तुत हुन लागेकाले यहाँ बसोबास गर्दैआएका नेपालीहरुका निम्ति यो ऐतिहासिक क्षण बन्नेछ।’

यो अवसरलाई न्यूजिल्याण्डमा बसोबास गर्दैआएका नेपालीहरुले ब्यापक सहभागीताका साथ उत्सवका रुपमा मनाउने विश्वास महर्जन प्रकट गर्छन ।

आफ्नो स्थापनाको रजत वर्ष मनाउँदै गरेको नेपथ्यले अहिलेसम्म आफू पुग्न नभ्याएका थोरै थोरै नेपाली छरिएर बसेका सहरहरुलाई विशेष ध्यानमा राखेर यो वर्षको कार्यक्रम तय गर्ने घोषणा गरेको थियो।

Related Posts: