चार दिन पछि खुल्यो कर्णाली राजमार्ग

भिडियो सहित हेर्नुहोस !
Advertisement


११ साउन, कालिकोट । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग चार दिन पछि खुलेको छ ।
अविरल वर्षाका कारण कर्णाली राजमार्गमा अन्तर्गत कालिकोट र दैलेख सीमा क्षेत्र दैखोलादेखि घट्टेखोलासम्मको सडक क्षेत्रमा ठाउँठाउँमा पहिरो गएपछि अबरुद्ध राजमार्ग पहिरो हटाइएपछि खुलेको हो ।

करिब १ सय २० मिटर सडक खण्डमा पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको थियो
गत आइतवार साझँ ६ बजेतिर खसेको पहिरोका कारण राजमार्ग अबरुद्ध भएपछि रोकिएका यातायात साधान र यात्रुहरु राजमार्ग सन्चालनमा आएसंगै गन्तब्यतिर लागेका छन् ।
आइतबार बेलुकाबाट बन्द भएको राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाद्वारा जे.सि.बी मेसिन र एक्साभेटर लगाएर पहिरो हटाई राजमार्ग सन्चालनमा ल्याइएको हो ।

Related Posts: