सेवाग्राहीबाट घुस लिदैं गर्दा लहानस्थित डिभिजन सहकारी कार्यालयका एक कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कार्यालयका सहायक शहकारी निरीक्षक सुवास गड्तोला रहेका छन् ।
सहकारी तर्दा गराउन पुगेकी राजविराज नपा ११ की प्रतिमा यादबसँग घुस लिदैं गर्दा निरीक्षक गड्तोला पक्राउ परेको अख्तियार पूर्व क्षेत्रिय कार्यालय इटहरीका प्रवक्ता तथा डिएसपी रमेश बस्नेतले जानकारी दिए । उनका अनुसार निरीक्षक गड्तोला सेवाग्राही यादबसँग रु. १५ हजार घुस लिएका थिए । पक्राउ परेका कर्मचारीको साथबाट रु. १५ हजार बरामद समेत भएको छ ।
सेवाग्राही ति महिलाले विगत डेढ महिना अगाडी योग्य महिला कृषि सहकारी संस्था दर्ताका लागि फारम भरेकी थिइन् । तर निरीक्षक गड्तोला आलटाल गरी दर्ता प्रक्रिया अगाडी बढाउन मानेका थिएन् । एक महिना बितिसकेपछि गड्तोला ले सेवाग्राही महिलालाई रु. १० हजार रुपैया घुस लाग्ने बताएका थिए । तर ति सेवाग्राही महिलाले रकम दिन मानेकी थिइन् ।
घुस नदिएपछि सहकारी दर्ता प्रक्रिया अगाडी नबढाएपछि अन्नतत ति महिलाले अख्तियारका डिएसपी रमेश बस्नेतसँग सम्पर्क गरिन् । उनलाई रकम मागेको कुरा सुनाइन् । त्यसपछि डिएसपी बस्नेतले घुस दिन भनेर भन्यो र रंगेहात समात्ने योजना बनाएका थिए ।
आज विहान सेवाग्राही महिलाले निरीक्षक गड्तोलालाई फोन गरेर सहकारी दर्ताका लागि आउने बताएकी थिइन् । उनले भनिन्– सुवास सरलाई फोन गरेर रकम धेरै भयो भनेर त्यति दिन नसक्ने बताएको थिए । तर उहाँले १५ हजारबाट ५ सय पनि कम भयो भने दर्ता प्रक्रिया अगाडी नबढाउने भन्नुभएको थियो । म १५ हजार लिएर आए । उहाँलाई रकम दिएपछि अख्तियारको टोलीले समात्यो ।’
सेवाग्राही ति महिलाले आफू डेढ महिनामा करिब १५ पटक डिभिजन सहकारी कार्यालय धाएको बताइन् । आवश्यक पर्ने सबै कागजात पुरा गरेपनि कर्मचारी सुवास गड्तोलाले कुनै वास्ता गरेका थिएन, उनले भनिन्, ‘एक महिनापछि १० हजार माग्यो । रकम लिएर आउँछु भन्दा १५ हजार लिएर आउन भनेको थियो ।’