भारतको सिमलास्थित एक बन्दीगृहमा रहेका एक नेपाली युवाको प्रहरी हिरासतमै मारिएपछि त्यसको विरोधमा यहाँ तनाव उत्पन्न भएको समाचार छ । सामुहिक बलात्कार र त्यसपछि युवतीको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका युवा प्रहरीको कुटाइबाट मारिएको बताइएको छ ।
सो घटनालाई प्रहरी यातनाको पराकाष्ठा भन्दै सिमला बजार क्षेत्रमा बिहीबार सयौँको सङ्ख्याका प्रदर्शनकारीले प्रहरी यातनाका विरुद्ध नाराबाजी गरेका थिए । आन्दोलनकारीले प्रहरी चौकीमा प्रवेश गर्दै प्रहररीमाथि आक्मण गरेका थिए ।
प्रदर्शनका कारण सिमलाका होटल ब्यवसाय बन्द गरिएको छ । बिहीबार विद्यालय र विश्वविद्यालय पनि बन्द भएका छन् भने प्रदर्शनकारीहरुले हिंसात्मक प्रदर्शन जारी राखेका छन् ।
उनीहरुले हिरासतमा राखेका व्यक्तिलाई मार्न पाइँदैन, हामीलाई न्याय चाहिन्छ भन्दै नाराबाजी गरेका थिए । त्यस क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्याँसले प्रहार गरेको थियो ।
केही दिनमात्र अघि एक युवतीलाई सामुहिक बलात्कार गरी हत्या गरेको आरोपमा दुई नेपालीसहित छ जनालाई जेलमा राखिएको छ ।
उनीहरुमध्ये नेपाली नागरिक २९ वर्षीय सुरज कुमार सिंको बुधबार शंकास्पद मृत्यु भएको छ । बलात्कारका घटनाका मुख्य अभियुक्त मानिएका राजेन्द्र सिंहले जेलमै सुरजको हत्या गरेको स्थानीयको आरोप छ ।
स्थानीय नागरिकले हत्यामा संलग्नको खोजीमा प्रहरी चुस्त हुन नसकेको जनाएका छन् । उनीहरुले उक्त घटनाका दोषीलाई मुक्त गर्न प्रहरीले अन्यमाथि आरोप लगाएको आरोप लगाएका छन् ।
अक्षरामा नर्वे कप खेल्ने टोलीको बिदाइनर्वेको ओस्लोमा हुने नर्वे कप खेल्न जान विद्यार्थी फुटबल टोलीलाई बुधबार काडाँघारीस्थित अक्षरा स्कुलमा बिदाइ गरियो।जुलाई ३० देखि अगष्ट ५ तारिखसम्म हुने…Read More