११ साउन, काठमाडौं । नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन लागिपर्ने बताएका छन् । त्यसका लागि चौविसै घण्टा खट्न तयार रहेको पनि उनले बताए । बुधबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले ‘टिम वर्क’ बनाएर कार्य सम्पादन गर्ने योजना सुनाए । ‘चेन अफ कमाण्ड’ मा रहेर कर्मचारीहरुलाई परिचालन गर्ने उनको भनाइ छ । कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सुझाव दिन उनले सञ्चारकर्मीलाई आग्रह गरे ।