दमक, झापामा मेयरको उम्मेदवारमा केपी ओलीका भतिजा तय गरियो

भिडियो सहित हेर्नुहोस !
Advertisement


पन्ध्र वटा स्थानीय तह रहेको झापामा नेकपा एमालेले दुई वटा तहको अध्यक्ष पदमा महिलासहित १३ वटा तहको प्रमुख र उपप्रमुख पदको उमेद्वारको नाम अन्तिम टुंगो लगाएको छ।

ती दुई तहको उपाध्यक्षमा पुरुषको नाम तय गरिएको पार्टी श्रोतले वताएको छ । अन्य १३ वटा तहको प्रमुख पदमा पुरूष र उपप्रमुखमा महिलाको नाम चयन गरको छ । महिला प्रमुख भएको तहमा भने उपप्रमुखमा पुरुषको नाम तय गरको छ।

प्रदेश नम्बर १ को सचिवालय सदस्यको शुक्रवार राति अबेरसम्म ईटहरीमा बसेको वैठकले जिल्लाको विर्तामोड र मेचीनगर बाहेकका १३ स्थानीय तहमा मेयर तथा उपमेयरको अन्तिम टुङो लगाएको हो ।

कनकाई नगरपालिकाको प्रमुखमा राजेन्द्र पोखरेल र उपप्रमुख पदमा मन्जु प्रसाईको तय भएको छ । एमालेको गढको रूपमा चिनिएको शिवसताक्षीको प्रमुखमा चन्द्रकुमार शेर्मा र उपप्रमुखमा भोजकुमारी नेपाल, गौरादह नगरपालिकाको प्रमुखमा मदन अधिकारी र उपप्रमुखमा गिता भेटवाल, अर्जुनधारा नगरपालिकाको प्रमुखमा हरिकुमार राना र उपप्रमुखमा भोलाकुमारी भट्टराईको नाम चयन भएको छ।

यता जिल्लाको पुरानो भद्रपुर नगरपालिकाको प्रमुखमा जीवनकुमार श्रेष्ठ र उपमेयरमा चन्द्रा श्रेष्ठको नाम टुंगो लागेको छ।

एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र नम्बर ७ को दमक नगरपालिकामा ओलिका भजिता रोमनाथ ओलीको नाम तय भएको छ। सो नगरमा गीता अधिकारीको नाम उपमेयर मा तय भएको छ। यस्तै बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा चिन्तन पाठक र उपाध्यक्षमा मिना भुर्तेलको नामतय भएको छ।

पाठक एमाले झापाका अध्यक्ष हुन्। झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली र उपाध्यक्षमा कुन्तीदेवी बुढाथोकी, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा श्याम ढकाल र उपाध्यक्षमा मनिता राई उम्मेदवार बन्ने पक्का भएको छ ।

यता हल्दिबारी गाउँपालिकाको अध्इक्षमा महिला नेर्त मन्जु सिटौलाले उमेद्धवारी दिने पार्टी ले निर्णय गरको छ । सो गाउँको उपाध्यक्षमा डम्बरकुमार गिरीको नाम तय भएको प्रदेश नम्बर १ को सचिवालय एक सदस्यले सेतोपाटीलाई बताए।

यस्तै कमल गाउँपालिकाको अध्यक्षमा मेनुका काफ्ले र उपाध्यक्षमा वेणु शविाकोटी को नाम तय भएको छ । बाह्रदशी गाउँपालिकाको अध्यक्षमा लक्ष्मण पाठक र उपाध्यक्षमा गंगा धमला, कचनकवल गाउँपालिकाको अध्यक्षमा शेरबहादुर खत्री र उपाध्यक्षमा धनमाया दाहाल को नाम तय भएको छ ।



Related Posts: