गोदावरीका भूकम्पपीडितलाई एकीकृत बस्ती निर्माण सुरु

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौँ: ललितपुर जिल्ला गोदावरी नगरपालिका-६ स्थित काफलडाँडा र लामिडाँडामा १०० घरका लागि एकीकृत बस्ती निर्माण सुरु भएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्प र पटक पटकको परकम्पले क्षति हुन पुगेका यहाँका घर पुनःनिर्माण हुन नसक्दा स्थानीयवासी टहरामा बस्न बाध्य थिए । बतास फाउन्डेसन, एसटेन एबल कन्स्ट्रक्सन प्रालि र ओमान च्यारिटेबल अर्गनाइजेसनको साझेदारीमा एकीकृत बस्ती निर्माण हुन लागेको हो । बस्ती तीन महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले शुक्रबार एकीकृत बस्तीको शिलान्यास गर्नुभयो । सो अवसरमा राज्यमन्त्री खड्काले भूकम्पपीडितका लागि सबै किसिमका पूर्वाधार पुग्नेस्थलमा एकीकृत बस्ती निर्माण गरिनु उदाहरणीय काम भएको बताए

कार्यक्रममा सांसद उदयशमशेर राणा, गोदावरी नगरपालिकाका नवनिर्वाचित प्रमुख गजेन्द्र मर्हजन लगायतले भूकम्पपीडितका लागि स्थायी आवास पुनःर्निर्माणमा पहिलो प्राथमिकता दिइनुपर्नेमा जोड दिए ।

स्थानीयवासी रामप्रसाद सापकोटाले भूकम्पको दुई वर्ष बित्दासमेत आवास पुनःनिर्माण गर्न नसकेकामा सहयोगी संस्थाले पुन्यको काम गरेको बताएका छन् ।

फाउन्डेसनले यसअघि रसुवा जिल्लाको नौकुन्ड गाउँपालिकामा १५१ भूकम्पपीडित परिवारका लागि एकीकृत बस्ती निर्माण सम्पन्न गरेको थियो ।

Related Posts: