काठमाडौं, जेठ १२ – मृत्यु भइसकेको ठानेर परिवारले दाहसंस्कार र काजकिरिया गरिसकेका भोजपुरको षडानन्द गाउँपालिका २ का सुवास तामाङ शुक्रबार नेपाल आइ पुग्नु भएको छ ।
साउदी अरब पुगेको झण्डै तीन महिना पछि अर्थात २०७२ साल असार २४ गते भएको सडक दुर्घटनामा परी सुवास गम्भीर घाइते हुनुभएको थियो । परिवारलाई पैसा पठाउन जाने क्रममा सुवास सहित पाँच जना नेपाली कामदार दुर्घटनामा परेका थिए ।
तीमध्ये तीन जनाको घटनास्थलमै ज्यान गएको थियो । घाइते दुई जनालाई अस्पताल लगिएको थियो । दुर्घटनामा सुवास र वाग्लुङका तेजेन्द्र भण्डारी गम्भीर घाइते भएका थिए । तेजेन्द्र अवैधानिक रुपमा साउदीमा काम गर्नुहुन्थ्यो ।
घाइते भएपछि दुवै जनाको अनुहार चिन्न नसकिने भएको थियो । बोल्न पनि नसक्ने अवस्थामा थिए । गम्भीर घाइतेमध्ये तेजेन्द्रको अस्पतालमा पुर्याएको भोलीपल्ट ज्यान गएको थियो ।
तेजेन्द्रको ज्यान गए पनि सुवासको मृत्यु भएको ठानिएको थियो । अस्पतालले पनि सुवासको मृत्यु भएको भन्ने जानकारी कम्पनीलाई गराएको थियो । तेजेन्द्रको काजकिरिया सुवासका परिवारले गरे
शव पहिचान हुन नसकेपछि सोधपुछका आधारमा सुवास तामाङको मृत्यु भएको भन्ने निष्कर्षमा अस्पताल पुगेको थियो । त्यसै अनुसार प्रहरी र मेडिकल रिर्पोट सुवास तामाङको नाममा बनाइएको थियो ।त्यही कागजपत्रको आधारमा साउदी स्थित नेपाली दूतावासले शव नेपाल पठाउन ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी दिएको थियो । साउदी सरकारले दिएको कागजपत्रलाई आधिकारीक मान्दै दूतावासले एनओसी दिएको हो ।
र नेपालमा सुवास तामाङको परिवारले शव बुझेर दाह संस्कार र काजकिरिया गरे । साउदीबाट पठाइएको कागजपत्रका आधारमा परिवारले वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र बीमा कम्पनीबाट आर्थिक सहायता समेत लिइसकेका छन् ।
अस्पताल भर्ना भएको ३/४ महिना पछि जिवित भनिएका तेजेन्द्र भण्डारीको अनुहार निको हुँदै थियो । अनुहार चिनिने र बोल्न थालेपछि कम्पनीमा काम गर्ने नेपालीहरुले जिवित भएका बिरामी तेजेन्द्र नभई सुवास भएको पत्ता लगाएका थिए । उनीहरुले कम्पनी, नेपाली दूतावास र परिवारलाई समेत यस बारेमा जानकारी गराएका थिए ।
यसरी नेपाल फर्काइयो सुवास जिवितै रहेको जानकारी पाएपछि परिवारले रामेछापको मन्थलीमा रहेको सुरक्षित आप्रवासन सूचना केन्द्रमा निवदेन दिएका थिए ।
निवेदनको आधारमा सुवासलाई नेपाल फर्काउन र तेजेन्द्रको परिवारलाई न्याय दिलाउन सहयोग गर्नका लागि काठमाडौंमा रहेको सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमआइआर)मा घटनाबारे जानकारी पठाइएको थियो ।
त्यसैका आधारमा साउदीमा रहेको नेपाली दूतावास मार्फत सुवासलाई नेपाल फर्काउन पहल गरिएको सिएमआइआरका कार्यक्रम अधिकृत बसन्त घिमिरले जानकारी दिनुभयो ।
साउदीको कम्पनीसँग क्षतिपूर्तिका लागि सम्झौता गर्न, कागजपत्र तयार गर्न समय लागेकाले सुवासलाई फर्काउन ढिला भएको उहाँले बताउनु भयो ।
तेजेन्द्रको परिवारले झण्डै साढे चार लाख क्षतिपूर्ति पाउने सुवासको परिवारले दाहसंस्कार गरेका तेजेन्द्रको परिवारले १५ हजार रियाल (झण्डै साढे चार लाख रुपैयाँ) क्षतिपूर्ति पाउने भएका छन् ।
साउदी अरबस्थित हुण्डाई कम्पनीले मृतकका परिवारलाई आर्थिक सहायता गर्ने भएको हो । साउदीस्थित नेपाली दूतावासले कम्पनीसँग समन्वय गरेर मृतकका परिवारलाई क्षतिपूर्ति दिलाएको हो ।
एक जुट हुदै अमेरिकामा रहेका कलाकारहरु The news broadcast over the radio (in the film’s backdrop) hints that White Sun is set in the time of promulgation of Constitution in 2015. In this si…Read More