गणतन्त्रको दियो बल्यो जिउँदा शहिद मुकेशको घरमा

भिडियो सहित हेर्नुहोस !
Advertisement


बनेपा : जनआन्दोलनका क्रममा घाईते भई अहिले पनि अचेत अवस्थामा रहनु भएका सहिद मुकेश कायस्थको घरमा नवनिर्वाचित प्रतिनिधिले गणतन्त्र दिवस मनाईएका छन् ।

२०६२ चैत २७ गते काभ्रेको बनेपास्थित तीनदोबाटोमा प्रतिगमनविरुद्ध आन्दोलनमा सहभागी मुकेशको कन्चटमा गोली लागेको थियो । त्यतिवेलादेखि मुकेश अचेत अवस्थामा हुनुहुन्छ ।

‘मुकेश संगैका उसका साथीहरु अहिले लेखपढ गरी जागिर समेत खान थालेका छन् ।,तर उसको भने होस समेत राम्ररी आएको छैन।,’ उहाँले भन्नुभयो ‘सायद त्यो बेला आन्दोलनमा नगएको भए ऊ पनि अरुजस्तै अहिले राम्रो पढेर जागिर खान्थ्यो होला ।’ आमा मीराले छोराको विगत र वर्तमान सम्झिदै थप्नुभयो ‘हरेक दिन मुकेश भनेर बोलाउछु तर मुकेशको स्वर आजसम्म सुन्न पाएको छैन ।’

पहिला पूर्ण रुपमा बेहोश भएपनि अहिले मुकेश आफ्नै सुरमा हाँस्ने रुने गर्न थालेकाले परिवारमा आशा भने पलाउदै गएको छ । उपचारपछि हल्का मुन्टो हल्लाउने मुकेशले अहिले देब्र हात अलि अलि चलाउनुहुन्छ । ‘कहिलेकाहि भावावेशमा एउटा बडो हृदयविदारक ध्वनी निकाल्छन र भन्छन “मा...” ।, अनि कहिलेकाहि मुस्कुराछन र आँखा चिम्लन्छन’ आमा मिरा भन्नुहुन्छ‘‘तर मुकेसका सपना र बलिदान पुरा हुदै गएको देख्दा खुसी लाग्छ, संविधान बन्यो, मुलुक चुनावमय भयो । विस्तारै मुकेशका सपना पुरा हुदैछन् यसमै हामी खुसी छौ ।’

सानैमा बन्दुक बोक्न धेरै रहर गर्ने मुकशलाई साथीभाई र आमाबुबाले मुकेश भविष्यमा तिमी के बन्छौ भनेर सोध्दा सेना भन्ने गर्नुहुन्थ्यो । सेना बनेर राष्ट्रको सेवा गर्छु भन्ने सपना बोक्नु भएका मुकेशका लागि त्यही बन्दुकले जिउँदो शहीद बनाई दिएको छ । अहिले त्यही बन्दुकका गोलीले मुकेशलाई १२ बर्षदेखि ओछ्यानमै राखिदिएको छ ।

झण्डै ११ महिना वीर अस्पताल र करिब ५ महिना डा. उपेन्द्र देवकोटाको न्यूरो सर्जनमा उपचार गराउनु भएका मुकेशलाई विदेश लगेर उपचार गर्न पाए होस खुल्थ्योकि भन्ने ठूलो आशा परिवारमा छ । पाच महिनासम्म अक्सिजन दिएर र बाँकी समय धेरै दुःख सहेर पनि बेहोश अवस्थामै रहनु भएका मुकेशको होस फर्केला कि भन्ने आशासँग उहाँको परिवारले हरेस खाएको छैन ।

आमा मीरा त्यही आशाको त्यान्द्रोमा झुण्डिनु भएको छ । ‘छोराले एकदिन त पक्कै बोलाउछ र बामे सर्नेसम्म हुन्छ ।डाक्टरहरुले रोगको उपचार नै नभएको बताएपनि छोरामा सुक्ष्म रुपले सुधार हुदैछ’ आमा मिरा भन्नुहुन्छ ‘पहिला त टाउकै उठाउन सक्दैनथ्यो अहिले अलि अलि उठाउछ, झोल पदार्यको साटो जाउलो खान थालेको छ ।’ थप उपचारका लागी विदेशमा लैजाने इच्छा व्यक्त गर्नु भएको आमा मिराले सरकारी सहयोगको अपेक्षा राख्नु भएको छ ।

वेहोस हुँदा १५ बर्षे ठिटो मुकेश अहिले २७ बर्ष पुग्नु भएको छ । तर परिवारले १२ बर्षदेखि मुकेशको राम्रो स्वर पनि सुन्न पाएका छैनन् । ओछ्यानमै दिशापिसाव गराउनेदेखि खुवाउने पियाउनेसम्म सबै आफैले गराउनु पर्ने मुकेश परिवारका लागि अझै आशा छ, ‘एक दिन त अवश्य पनि मुकेशको आवाज र जीवन फर्केला कि ।’ वर्षमा एक दिन शहिद दिवस पारेर नेता कार्यकर्ता र सरकारी निकायका व्यक्तिहरु दुख पिडा र समस्या बुझन आउने गरेका छन् बाकी दिन त परिवारले दुख र पिडा भुलेर मुकेशलाई स्याहार गरिरहेको छ । मुकेशको स्याहार सुसारका लागि सरकाले एक जना नर्स र एक जना कुरुवाको व्यवस्था गरेको छ ।

मुकेशलाई हेर्न हालसम्म प्रधानमन्त्री भइसक्नु भएका माधव कुमार नेपाल, केपी शर्मा ओली, झलनाथ खनाल र मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी आउनु भएको छ । पूर्व मुख्य सचिव लिलामणी पौडेल, पूर्वमन्त्री सुरेन्द्र पाण्डे, पूर्व सचिव कष्णहरी बास्कोटा,नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य लगातले मुकेशलाई भेटनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने मुकेशलाई भेटन पुग्नु भएको छैन ।

Related Posts: