भोट खसालेर घुम्न निस्किएका कलाकार विक्रम परियारका हत्यारा पक्राउ, हत्यामा ३ पुरुष र २ महिलाको संलग्नता

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौँ । स्थानीय तहको निर्वाचनमा भोट खसालेर घर नजिकै साथीसँग घुम्न निस्किएका कलाकार विक्रम परियारको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरिएको छ । तनहुँको व्यास नगरपालिका, वडा १ मा भोट हालेर घुम्न निस्कंदा ५ जनाको समुहले आक्रमण गरी छोडेपछि उपचारका क्रममा उनको निधन भएको हो ।

हत्या सुनियोजीत भएको भन्दै परिवारले प्रशासनमा दबाब दिए लगत्तै प्रहरीले सुक्ष्म अनुसन्धानबाट हत्यारालाई पक्राउ गर्न सफल भएको हो । यद्यपी हत्या आरोपमा पक्राउ गरिएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

कलाकार परियार विशेष गरी नाटक तथा रेडियो नाटकमा सक्रिय थिए । स्व।कलाकार परियारका एक श्रीमती, एक छोरा र छोरी छन् । उनले चर्चित टेलिफिल्म ‘दलन’ र केही फिल्महरुमा समेत अभिनय गरेका छन् ।

Related Posts: