इलाम, पाँचथर, संखुवासभा, सोलुखुम्वु, ओखलढुंगा र खोटाङमा जनमतको आधारमा एमाले र माओवादी केन्द्र सहितको

भिडियो सहित हेर्नुहोस !
Advertisement
सबै जिल्लामा उम्मेदवार छनोट गर्न तीन दिनको समय पाएको उम्मेदवार बाँडफाँट समितिले एक सातामा सात जिल्लाको टुंगो लगाएको हो । ताप्लेजुङ, इलाम, पाँचथर, संखुवासभा, सोलुखुम्वु, ओखलढुंगा र खोटाङमा जनमतको आधारमा एमाले र माओवादी केन्द्र सहितको गठबन्धनका तर्फवाट उम्मेदवार छनोटको टुंगो लगाएको हो  । 
अन्य जिल्लामा पनि उम्मेदवार तय गर्न कसरत भैरहेको समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
समितिले निर्वाचन क्षेत्रका लागि  सिट बाँडफाँट गर्न २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको स्थानीय तह निर्वाचनमा दलले पाएको मतलाई आधार मानेर अघि बढ्ने सहमति भने यसअघि नै गरिसकेको छ । 
उम्मेदवार बाँडफाँट समितिमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरल तथा शंकर पोखरेल र सुरेन्द्र पाण्डे रहेका छन् । 
यस्तै माओवादी केन्द्रबाट नेताहरु रामबहादुर थापा, वर्षमान पुन, मातृका यादव रहनुभएको छ भने नयाँ शक्तिबाट गंगा श्रेष्ठ सदस्य रहनुभएको छ ।

Related Posts: