महावीरको अविश्कार केन्द्रलाई इजरायलबासी नेपालीबाट साढे पाँच लाख सहयोग

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेष्ठ १४, २०७४- महावीर पुनले खोल्न लागेको राष्ट्रिय आविष्कार केन्द्रका लागि इजरायलमा बस्ने नेपालीहरुले पाँच लाख ५० हजार ५५५ रुपैयाँ सहयोग गरकेा छन् । पुनले सरकारले सहयोग नगरेको उल्लेख गर्दै केन्द्रका लागि आफुले हालसम्म पाएका पदकहरुको बिक्री गर्ने जनाएको थियो ।

रोमन म्यागासेसे पुरस्कार पाएका इन्टरनेट अभियानकर्ता पुनलेको केन्द्रलाई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलको तर्फबाट उक्त सहयोग गरेको हो ।

ललिपुरस्थित महासंघको केन्द्रीय कार्यालयमा उक्त सहयोग रकम नेफिन इजरायलका तृतीय उपाध्यक्ष लक्ष्मी योञ्जन तामाङ र नेफिनका अध्यक्ष जगत बरामले पुनलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

२५६१औं बुद्ध जयन्तीको अवसरमा इजरायलमा आयोजित कार्यक्रममा संकलित रकम केन्द्रका लागि पुनलाई हस्तान्तरण गरिएको उपाध्यक्ष योञ्जनले जानकारी दिइन् ।

कार्यक्रममा पुनले सहयोगका लागि धन्यवाद दिँदै आफूहरुले हुनेखाने वर्गबाट भन्दा दुःख गरेर विदेशमा रहेकाहरुबाट सहयोग पाएको बताए । कार्यक्रममा नेफिनका अध्यक्ष बराम, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझीले सहयोग जुटाउने नेफिन इजरायललाई धन्यवाद दिएका थिए ।



कार्यक्रममा फोनिजका अध्यक्ष डण्ड गुरुङ, युवा महासंघका अध्यक्ष जीएस गुरुङ, नेफिनका पूर्वमहासचिव आङकाजी शेर्पालगायतको उपस्थिति थियो ।


Related Posts: