काठमाडौं, जेठ १४ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले एक नयाँ विमान खसाउने हतियार प्रणालीको परीक्षणको सुपरीवेक्षण गरेका छन् । उनले यो हतियारको व्यापक उत्पादन र देशव्यापी तैनाथीको पनि आदेश दिएका छन् ।उत्तरले अघिल्लो वर्षदेखि विभिन्न किसिमका हतियार प्रणालीहरू विकसित गरिरहेको छ । यसअन्तर्गत अमेरिका हान्न सकने लामो दूरीको क्षेप्यास्त्र पनि पर्छ ।
हालैका हप्ताहरूमा उसले मध्यमदूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो र प्राविधिक प्रगति गरेको देखिएको छ ।उत्तरको सरकारी समाचार संस्था केसीएनएले नयाँ हतियारका कारण शत्रुको आकाश कब्जा गर्ने रणनीति विफल भएको र अब आफूलाई कसैले थर्काउन नसक्ने घमण्ड ग–यो ।
अमेरिकाले भने उत्तर कोरियामाथि आक्रमण गर्ने आफ्नो कुनै उद्देश्य नरहेको प्रस्ट पारेको छ । केसीएनएका अनुसार हतियार परीक्षणको निरीक्षणमा किमलाई उनका सैन्य सहयोगी तथा देशका तीन शीर्ष अधिकारीले साथ दिएका थिए ।