धादिङमा बस दुर्घटना, तीन जनाको निधन,२० जना घाइते

भिडियो सहित हेर्नुहोस !
Advertisement


धादिङको नीलकण्ठ १० भकारेमा बस दुर्घटना हुँदा तीन जनाको निधन भएको छ । घटनामा अन्य २० जना भन्दा बढी यात्रु घाइते भएका छन ।
जिल्ला सदरमुकाम धादिङबेसीबाट ग्रामीण भेग खहरे जाँदै गरेको बस धादिङको निलकण्ठ नगरपालिका वडा नं. १० भकारेमा दुर्घटना भएको हो ।

ग १ ख ३८०५ नम्बरको बस भकारे भन्ने ठाउँको घुम्तीबाट करिब २ सय मिटर तल जंगलमा खसेको घटनास्थलबाट नवराज पाठकले जानकारी दिनुभयो । दुर्घटना स्थलमा स्थानीयहरुले घाइतेहरुको उद्धार गरिरहेका छन् ।

धादिङबेसीबाट प्रहरी र एम्वुलेन्सको टोली उद्धारको लागि घटनास्थलतर्फ जाँदैछ ।
घटना अप्ठयारो ठाउँमा भएको र रात परेकाले उद्धार गर्न कनिठाइ भइरहेको समाचार प्राप्त भएको छ । घटनाबारे विस्तृत आउन बाँकी छ ।


Related Posts: